×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कलेजको कर्तुत बाहिरिने डरले भावना राणाको ‘सत्ता-गुहार’, पत्रकारमाथि प्रिन्सिपलको हातपात र दुर्व्यवहार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आइएमएस कलेजको पढाइ निकै नै तल्लो स्तरको रहेको र ट्रान्सफर माग्दा समेत नदिएको भन्दै उक्त कलेजमा पढ्ने विद्यार्थीले मिडिया गुहारेपछी यसबारे बुझ्न कलेज पुगेकी महिला पत्रकार कान्ता गिरी र क्यामरापर्सन दुर्शन खत्रीमाथि कलेजकि प्रिन्सिपल र आफुलाई प्रधानमन्त्री पत्नी आरजु राणाको नजिक मान्छे बताउने भावना राणाले दुर्व्यवहार गरेकी छिन् । आफ्नो कलेजको कर्तुत बाहिरिने भएपनि उनले समाचार संकलनका लागि आइतबार कलेज परिसरमा पुगेका टिभी टुडे टेलिभिजनका पत्रकारद्वयलाई दुर्व्यवहार गरेकी हुन् ।
‘दृश्य खिच्न त रोकियो नै । म माथि अपशब्द पनि बोलियो । सुन्ने नसकिने शब्दहरु प्रयोग गरेर सत्ताको पावर देखाउने काम भयो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै टेलिभिजनकर्मी कान्ता गिरीले भनिन् ‘तँ झारे पत्रकार भन्दै टेलिभिजनको कार्ड लुछ्ने काम भयो । मलाइ व्यक्तिगत रुपमा पनि निकै तल्लो स्तरको व्यवहार गरियो । व्यक्तिगत रुपमै तथानाम भनियो ।  हामीलाई कलेज परिसरबाट निकाल्न खोजियो । हाम्रो क्यामरा र मोबाइल खोसियो । अन्तमा सत्ताको पावर देखाउंदै हामीलाई हनुमानढोका पुर्याउने प्रयास गरियो ।’ 
घटना लगत्तै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रतिनिधि, टिभी टुडे टेलिभिजन क्र्यु र अर्थ सरोकार डटकमको टोली प्रहरी कार्यालय पुगेको थियो । प्रहरी कार्यलयमा टिभी टुडे टेलिभिजनका अन्य कर्मचारी नपुग्दै भावना राणा त्यहाँबाट बाहिरिसकेकी थिइन् । घटनापछि प्रहरी कार्यालय पुगेका प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले समाचारको विषय काउन्सिलले हेर्ने भन्दै यो घटनाउपरको कारवाही काउन्सिलको सहयोगमा अगाडी बढाइने बताए ।  
यता घटनाबारे बुझ्दा डीएसपी अपील बोहोराले भने सामान्य झगडा परेकाले प्रहरी कार्यालयमा ल्याएको र काउन्सिलका अध्यक्षसहितको छलफल गरी घटना टुंग्याईएको दावी गरेका छन् ।
               

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: