×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर फर्छ्योट प्रकरणमा मुछिएका दुइ सिएले अदालतमा गरे आत्मसमर्पण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

कर फर्छ्योट प्रकरणमा मुछिएका दुइ सिएले अदालतमा गरे आत्मसमर्पण !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- फरार सूचीमा रहेका दुइ सिए अदालतमा हाजिर भएका छन् । मुद्दा दायर भएको चार महिनापछि सिए एलडी महत र उमेश ढकाल विशेष अदालतमा हाजिर भएका हुन् । अर्थ सरोकार सँग कुराकानी गर्दै विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोख्रेलले उनीहरु हाजिर भएको पुष्टी गरे । 

यता चूडामणि शर्मा भने हालसम्म हाजिर भएका छैनन् । हाजिर भएका दुवै जनालाई विशेष अदालतले न्यायिक हिरासतमा राखेको छ । कानुनी प्रक्रिया अनुसार अब विशेष अदालतले हाजिर भएका प्रतिवादीको हकमा बयान लिई थुनछेक बहसको सुनुवाइ गर्नेछ । अख्तियारले शर्मासहित आयोगका अध्यक्ष महत र सदस्य ढकालविरुद्ध १० अर्ब ९६ करोड रुपैयाँका दरले बिगो मागदाबी गर्ने निर्णय गरेको थियो । 
यता कर फर्छ्योट प्रकरणमै परेका चुडामणि शर्मा भने विशेष अदालतमा हाजिर भएका छैनन् । कर फर्छ्योट प्रकरणम नाफसिने निश्चित भएपनि उनीहरु हाजिर भएको बुझिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: