×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अनइथिकल’ काम सिटिजनले गर्यो कि ‘मह जोडी’ले ? दुइ इन्सुरेन्स कम्पनीबीच ‘सीतयुद्ध’ सुरु, कारण ब्राण्ड एम्बेसडर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यसअघि सानीमा बैंक लिमिटेडको ब्राण्ड एम्बेसडर नियुक्त भएका महजोडीलाई सोहि ग्रुप अन्तर्गतको सानीमा इन्सुरेन्स कम्पनी आउनु अगाडी नै सिटिजन्स लाइफ इन्सुरेन्सले आफ्नो ब्राण्ड एम्बेसडर बनाएपछि सानिमा बैंक यतिबेला तनावमा रहेको खबर छ । सानीमा बैंकसँगै सानीमा इन्सुरेन्स कम्पनीमा पनि मह जोडीलाई नै ब्राण्ड एम्बेसडर बनाएर अघि बढ्ने आन्तरिक रणनीति फेल भएपछी यतिबेला सानीमा र सिटिजन्सबीच सीत-युद्धनै सुरु भएको छ भने महजोडीसँग सानीमाको ब्राण्ड एण्ड प्रमोसन विभागको सम्बन्धपनि नजानिँदो पाराले बिग्रिएको छ ।

सानीमा इन्सुरेन्सको सपना तुहिएपछी यस्तो लफडा !
सानीमा बैंककै ग्रुपले ल्याउन लागेको सानीमा इन्सुरेन्समा पनि मह जोडी नै ब्राण्ड एम्बेसडर हुने आन्तरिक तयारी भएपनि सिटिजनले जोडीलाई ‘सुटुक्क चोरेपछी’ सानीमा बैंकभित्रको ब्राण्ड एण्ड प्रमोसन विभागमा एकले अर्कालाई दोष दिने काम सुरु भएको छ । यतिसम्मकी कम्पनीका जिम्मेवार पदाधिकारीले नै सिटिजन्सले अश्वस्थ प्रतिष्पर्धा सुरु गरेकाले यसको नतिजा सोहि रुपमा कम्पनीले जवाफ दिने भन्दै आन्तरिक तयारी गरिरहेको समेत बुझिएको छ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरिसकेको छ । समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् । उनले नै सानीमा इन्सुरेन्सलाई टक्कर दिने भन्दै सिटिजन् लाइफमा मह जोडी भित्र्याउन महत्पूर्ण खेल खेलेको सानीमाका प्रतिनिधिले अर्थ सरोकार डटकमसँग गुनासो पोखेका छन् । 
महले नै गरे ‘अन-इथिकल’ कामम, सिटिजन लाइफका कारण बदनाम हुँदै मह जोडी !
यसो त चन्द्रागिरी हिल्स लिमिटेडजस्तो ठग कम्पनीको विज्ञापन खेली विज्ञापनमा गलत कुरा भनेको भन्दै मह जोडीको चर्को आलोचना भएका बेला सानीमा बैंकसँगको सम्झौताका कतिपय बुँदाहरुलाई अपव्याख्या गर्दै हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठले सिटिजन लाइफमा ब्राण्ड एम्बेसडर हुन स्वीकार गरेपछि मह जोडी नै विवादमा परेको छ । उक्त जोडीले सानीमा बैंक तथा यसका भगीनी संस्थाहरुलाई समेत सहयोग गर्ने घुमाउरो पाराको बुँदा सानीमा बैंकसँग गरेको करारमा उल्लेख छ । 
यता मह जोडीले सिटिजनको ब्राण्ड एम्बेसडरको रुपमा प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्ने बताइएको छ । सानीमा इन्सुरेन्सले पनि यहि कामका लागि महको सहयोग लिने आन्तरिक तयारी गरेको थियो । सिटिजन लाइफले कार्तिक २ गतेदेखि कारोबार थालेको थियो भने कम्पनीका २५ शाखा छन् । कम्पनीले सुरुवातीको काममा नै बजारमा निकै अश्वस्थ प्रतिष्पर्धा सुरु गरेर इन्सुरेन्स क्षेत्रलाई नै विकृत बनाउने दुष्प्रयास गरेको जानकारहरुले आरोप लगाएका छन् ।

सानीमालाइ यसरी पनि घाटा 
यसो त सानीमालाई अर्को घाटा पनि हुने भएको छ । सानीमा बैंकको विज्ञापनमा मह जोडी नै देखिनेछन् भने सिटिजन लाइफ इन्सुरेन्सको विज्ञापनमा पनि उनीहरु नै देखिनेछन् । यहि बेला सानीमा इन्सुरेन्स भने छायाँमा पर्ने पक्कापक्की छ । महले यसअघि अर्को एक इन्सुरेन्सको विज्ञापन खेल्दा पनि सानीमा बैंकभित्र तीब्र विवाद आएको थियो । ‘सानिमा बैंकको ब्राण्ड एम्बेस्डरपनि मह जोडी नै भएकाले सानीमालाई समस्या पर्ने देखिएको छ । सिटिजनले गर्ने नहुने काम गरेको छ । यसमा महको खास खल्ती छैन । हामीले उहाँहरुलाई केहि भनेर सम्बन्ध विगार्न पनि चाहांदैनौं । तर सिटिजनले गरेको यस्तो गलत कामको जवाफ हामी छिट्टै दिनेछौं ।’ सानीमाका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: