×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी ५ कारण सिभिल बैंकबाट ऋण नलिंदा नै ठिक : ‘बैंकले गर्दा समाजमा बेइज्जत भयो’ (भोगाईका प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि काम गर्नका लागि, सेयर किन्नका लागि, बालबच्चा पढाउनका लागि, घर बनाउनका लागि वा गाडी चढ्नका लागि ऋण लिने तरखरमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि थुप्रै विकल्प अगाडी छन् । ऋण लिन जति तछाड मछाड छ बजारमा, ऋण दिनका लागि प्रतिष्पर्धा पनि कम छैन । तपाईंले कहाँबाट ऋण लिने भन्ने कुराले तपाईंको व्यवहारिक् पक्षमात्र होइन, तपाईंको इज्जत र प्रतिष्ठामा पनि आँच आउन सक्छ ।
सिभिल बैंक । वित्तीय हिसावले नेपालको सबैभन्दा ‘थर्डक्लास’ कमर्सियल बैंक । यसो त थुप्रै धरासायी हुन लागेका संस्थाहरु मर्ज गरेर मात्र होइन, पछिल्लो समय ऋणीलाई दिएको तनाव र ऋणीका बारेमा गरेको अव्यवाहारिक कामले सिभिल बैंकलाई सधैंनै विवादमा राखिरहेको छ । यसो त यो बैंकमा ऋण लिने थोरै बर्ग छ । जसले बैंक चलाईरहेको छ भन्दा पनि फरक पर्दैन । अझ यो बैंक सामान्य जनताका लागि हुँदै होइन भन्ने चर्चा-परिचर्चा पनि चलीनै रहने गरेको छ । पछिल्लो समयपनि विभिन्न शीर्षकको ऋणका ‘प्रोडक्ट’ बैंकले बजारमा प्रचार गरिरहेको छ । तपाईंले पनि सिभिल बैंकबाट ऋण लिन खोज्दै हुनुहुन्छ भने, यी तथ्यहरु पढेर मात्र निर्णय गर्दा राम्रो ! 
१. तपाईंले बैंकबाट ऋण त लिनुहुन्छ । तर तपाईंको सुचना गोप्य हुँदैन । यसको प्रमाण हामीले यसअघिको अंकमा प्रस्तुत गरिसकेका छौं । एक ऋणीले लिएको ६१ लाख को पत्र अर्कै व्यक्तिकहाँ पुगेको प्रमाण यस अघि हामीले प्रस्तुत गरिसकेका छौं । बैंक तपाईंको गोपनियताको अधिकारमाथि रतिभर पनि चिन्तित छैन । गल्ती गरेपछि उ स्वीकार्न मान्दैन । कोहि व्यक्ति विशेषसंगको रिसक कारण एउटा ऋणीको पत्र अर्को व्यक्तिकहाँ पठाएको प्रकरणमा पनि उसले अझैसम्म त्यो चिठी फिर्ता लिने प्रक्रिया सुरु गरेको छैन । अझ बैंकका क्रेडिटका कर्मचारीलाई रिस उठ्यो भने त तपाईले ऋण नतिर्दा ऋण तिर्न आउनु भन्ने पत्र तपाईंलाइ होइन, मिडियामा पुग्छ । यस्तै एक ऋणीको भण्डाफोर गर्ने बदनियतका साथ सिभिल बैंकबाट अर्थ सरोकार डटकमको कार्यालयमा पनि पत्र आएको छ । बैंकले यति तल्लो स्तरसम्मको काम गर्छ ।
२. राम्रो जग्गा वा घर राखेर यो बैंकबाट ऋण लिनु त सरासर गलत हो । बैंकले तपाईंको राम्रो घर वा जग्गामा आँखा लगाउँछ । र ऋण तिर्ने म्याद नै नसकी त्यसलाई लीलाम गरिदिन्छ । अझ बैंकले उच्च तहका राजनीतिक व्यक्तिलाइ त्यो घर वा जग्गा पास गरिदिनाले तपाईंले केहि पनि गर्न सक्नुहुन्न । यस्तै घटनाको पर्दाफास केहि समय अगाडी अर्थ सरोकार डटकमले गरेको थियो । काभ्रेका टेकनाथ हुमागाईंले बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा उक्त घर लिलामीको सुचना अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो। घर उकास्ने रकम हुमागाईंले पाएपनि उनले १०२–१०६७–१० कामपा– ७, कित्ता नं. ९९ को आठ आना दुई पैसा दुई दाम र कित्ता नं. ४२७ को १४ आना दुई पैसा जमिन गुमाउनुपरेको थियो । बैंकले जारी गरेको सूचनाअनुसार लिलाम खुल्ने अघिल्लै दिन घरजग्गा मृदुलाको नाममा पास भइसकेको छ । कानुनतः लिलामी बढाबढका लागि पूर्वनिर्धारित समय तालिकाअगावै लिलामी बढाबढ हुने घर-जग्गा चलाउन नपाइने भएपनि सिभिलले यो नियमको समेत धज्जी उडाएको देखिएको छ । सो काण्डका बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहोस् । 
. बैंकले तपाईंलाइ कुनै पनि बेला उठीबास लगाउन सक्छ । बैंकभित्र नक्कली लालपूर्जा बनाएर भएको किर्ते धन्दाका बारेमा पनि हामीले यसअघि नै फर्दाफास गरिसकेका छौं । बैंकले नक्कली लालपूर्जा बनाएर एक सय सात कठ्ठा जग्गा विक्री गरिदिएपछी यसअघि एक ऋणीको उठीबास लागेको थियो । यो किर्ते काम बैंककै सञ्चालकहरुको समेत मिलेमतोमा भएको कुरा बाहिर आएको थियो । बैंकका तत्कालीन सञ्चालक इक्षाराज तामाङ, बैंकका तत्कालीन सीइओ किशोर महर्जन र कर्जा साखामा कार्यरत गोविन्द गुरुङ (अहिलेका सीइओ) र प्रसिद्द अर्याल मिलेर ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएका हुन् । 
४. सिभिल बैंक त्यस्तो व्यक्तिले नेतृत्व गरिरहेका छन् जसले यसअघि मेगा बैंक छाड्दा गाडी छाडेनन् । यस विषयमा उनीविरुद्ध मुद्धा पनि परेको थियो । बैंकका सीइओ गोबिन्द गुरुङको नाम किर्ते धन्दामा समेत जोडीएको थियो । यस्तो सीइओले भोलि तपाईंले लिएको ऋणको पनि दुरुपयोग नगर्लान् भन्न सकिन्छ र ? अझ उनलाई ऋणीको गोप्य जानकारी समेत आरुलाई दिने गरेको आरोप लाग्दै आएको छ । अर्थ सरोकार डटकमले त यसको प्रमाण नै फेला पारेको थियो । 
यी त केहि कारण मात्र भए । बैंकभित्र चरम अराजकता छ । बैंकबाट आजकल सामान्य व्यक्तिहरुले ऋण नै लिन छाडीसकेका छन् । ऋण भएकाहरुलाई पनि सिभिल मै ऋण भएकै कारणले चिन्ता छ । बैंकमा काण्ड नै काण्ड छन् । वित्तीय अवस्था यति कमजोर छ कि जुनसुकै बेला बैंक जे पनि हुन सक्छ । त्यसैले ऋण लिंदा ऋणको चिन्ता त हुन्छ नै, अरु चिन्ता किन लिने ? त्यसैले सिभिल बैंकको विकल्प खोज्दा नै राम्रो हुन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: