×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इलाममा कांग्रेसी उम्मेद्वारको गज्जबको घोषणा, आफुले पाउने सेवा सुविधा वृद्धभत्तामा थपेर वितरण गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
इलाम- इलामका एक नेताले जनताको मन जित्ने घोषणा गरेका छन् । यसअघि ठेक्कापट्टा पेशामा समेत रहेका इलामका नेता डम्बर खड्काले आफुले प्रदेशसभाको सदस्य भएर जितेको खण्डमा आफुले पाउने सम्पूर्ण सरकारी सेवा सुविधा वृद्ध भत्तामा थपेर दिने घोषणा गरेका हुन् ।
इलाम क्षेत्र नं. २ ‘१’ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका उम्मेद्वार खड्काले प्रदेशसभा सदस्यमा जीतेर गए पछि अफुले पाउने सवै सरकारी सेवा सुविधा आफ्नो क्षेत्रमा रहेका बृद्धबृद्धाहरुको भत्तामा थपेर दिने घोषणा गरेका हुन् ।
आफुलाई पैसाको लोभ नभएको र जनताको सेवा गर्न राजनीतिमा होमिने बताउने खड्कालेयस्तो घोषणा गरेका हुन् । ‘मलाइ पैसाको लोभ छैन । जनताको सेवा गर्न जनताकै माझ जान लागेको हुँ ।’ खड्काले भने ।
खड्का निर्माण व्यवसायी मात्र नभई संचारगृह संचालक पनि हुन् । उनकै लगानीमा इलाममा चियाबारी एफएम लगायतका संचारगृहहरु सक्रिय छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: