×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : अनिल शाहले सेञ्चुरीसँग गरेको सम्झौतानै ‘गैरकानुनी’ ! (हेर्नुहोस् प्रमाण)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  बैंकर अनिल शाहले सेञ्चुरी बैंकसँग गरेको तलवको करार नै ‘गैरकानुनी’ भएको खुलासा भएको छ । सेञ्चुरी बैंकलेसमेत राष्ट्र बैंकको आँखामा छारो हालेर अनिल शाहलाई नियम विपरित तलव खुवाउने करार गरेको खुलासा भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरअनुसार हिसाब गर्ने हो अनिल शाहले अधिकतम ९ लाख ९ हजार पांच सय १८ रुपैयाँ २६ पैसा मासिक तलव खान पाउने हो । तर सो नियमको बर्खिलाप गर्दै मेगा बैंकबाट सेञ्चुरी छिरेका अनिल शाहले गैरकानुनी रुपमा तलव लिने सम्झौता गरेका छन् । उनले सेञ्चुरीमा राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा बढी तलव खाने गरी सम्झौता गरेका छन् ।

के छ नियममा ? यस्तो छ क्लियर हिसाव :
नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा प्रमुख कार्यकारी अधिकृतको तलव संस्थाको बिगत ३ आर्थिक बर्षको औसत कर्मचारी खर्चको बढीमा ५ प्रतिशतसम्म दिन पाइने भन्ने उल्लेख छ । वा इजाजतप्राप्त संस्थाको गत बर्शान्तको कुल सम्पत्तिको बढीमा ०.०२५ प्रतिशतसम्म दिन पाइने भन्ने उल्लेख छ । यी दुइ नियममध्ये जुनमा कम तलव आउँछ त्यो नै सीइओलाई दिन मिल्ने अधिकतम तलव हो । सेञ्चुरी बैंकको गत बर्षको कुल सम्पत्ति ५०८७९३८८००० छ ।  जसको ० .०२५ प्रतिशत हिसाव गर्दा कुल १२७१९८४७ रुपैयाँ बार्षिक आउँछ । यसलाई मासिक हिसाब गर्दा १३ ले भाग गर्नुपर्छ । (एक महिना दशैं पेश्की सहित) 
त्यसरी हिसाव गर्दा कुल ९७८४४९.७६ रुपैयाँ आउँछ । यता ३ बर्षको औसत कर्मचारी खर्चको ५ प्रतिशत हिसाव गर्दा सेञ्चुरीले सीइओलाई  ९०९५१८.२६ रुपैयाँ मात्र दिन पाउँछ । पछिल्ला ३ आर्थिक वर्षको कर्मचारी खर्च क्रमश, १८७६११२४९, २१७४२३०००, र ३०४३९०००० आएको कुल ७०९४२४२४९ लाइ ३ ले भाग गर्दा औसत रकम अर्थात कुल २३६४७४७४९. ६६  रुपैयाँ हुन आउँछ । यसको ५ प्रतिशत हिसाव गर्दा बार्षिक  ११८२३७३७.४८  हुन आउँछ । यो रकमलाइ १३ ले भाग गर्दा ९०९५१८.२६  रुपैयाँ आउँछ । राष्ट्र बैंकको दुइ सर्कुलरका आधारमा अनिल शाहले पाउनु पर्ने तलव प्रति महिना यति  हो ।
यद्यपी नेपाल राष्ट्र बैंकले एक अर्को सर्कुलर पनि जारी गरेको छ । जस अनुसार डेपुटी सीइओको तलव भन्दा बढीमा ५ प्रतिशत भन्दा माथि सीइओको तलव तोक्न सकिन्छ । सेञ्चुरीका डेपुटी सीइओले मासिक झन्डै ७५०००० तलव खान्छन् । यसमा ५ प्रतिशत थप्दा अनिल शाहले  तलव ७८७५००मात्र आउँछ  । कतिपय बैंकमा सीइओको तलव नमिल्दा डेपुटी सीइओको तलव समेत बढाउने गरिएको छ । तर सेञ्चुरीमा त्यस्तो पनि गरिएको छैन । अहिले सेञ्चुरीमा अनिल शाहले पाउने भनेको कुल तलव नियम अनुसार मिल्न डेपुटी सीइओको तलव झन्डै १२ लाख भन्दा बढी हुनुपर्छ । जुन सेञ्चुरीका लागि ‘असम्भव’ कुरा हो ।
नेपाल राष्ट्र बैंकले सीइओको तलव राष्ट्र बैंकको स्वीकृति लिएर भने राख्न सक्ने नियम छ । त्यसो गरेको भए सेञ्चुरीले  अनिल शाहलाई जतिनै तलव पनि दिन पाउँथ्यो । तर बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पनि लिएको छैन । यसरी सरसर्ती हेर्दा पनि अनिल शाहको तलव पूर्ण रुपमा गैरकानुनी देखिन्छ ।

यस्तो छ ग्लोबल आइएमइ बैंकले खडा गरेको इतिहास 
ग्लोबल आइएमइ बैंकमा रत्न राज बज्राचार्य सीइओ हुँदा पनि यस्तै भएको थियो । बैंकसँग बज्राचार्यको सम्झौता महिनाको ७ लाख हाराहारी थियो भने नियम अनुसार उनको २ लाख हाराहारी मात्र तलव पाउन सक्ने अवस्था थियो । पछि नेपाल राष्ट्र बैंकले नमानेपछि ग्लोबल आइएमइबैंकका तत्कालीन सीइओले १ बर्ष विना तलव काम गरेका थिए । अहिले अनिल शाहले पनि गैरकानुनी रुपमा सम्झौता गरेका छन् ।
यसो त नेपाल राष्ट्र बैंकले नियम विपरित तलव दिएको खण्डमा नियुक्ति गर्नेहरुबाट नै असुल उपर गर्न सक्ने प्रावधान पनि राखेको छ । कि त संचालक समितिका सदस्यहरुबाट असुल उपर हुनुपर्यो, नत्र भने अनिल शाहको तलव पूर्ण रुपमा नेपाल राष्ट्र बैंकको नियम अनुसार गलत र गैरकानुनी छ । सिभिल बैंकमा किशोर महर्जनको तलवलाइ लिएर पनि यस्तै लफडा भएको थियो । पछि संचालकबाट उक्त रकम असुल उपर गरिएको थियो ।यसो त मेगा बैंकमै पनि राष्ट्र बैंकले अनिल शाहको तलवको विषयमा एक पटक ध्यानाकर्षण समेत गराएको थियो । तर अनिल शाहको पहुँचका कारण त्यतिबेला केहि पनि नभएको मेगाका एक संचालकले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दा खुलासा गरेका छन् ।  यता  सेञ्चुरीकै एक उच्च तहका कर्मचारीले अनिल शाह सेञ्चुरीमा १४ लाख हाराहारी तलव खाने गरी सम्झौता गरी आएको पुष्टि गरेका छन् ।  जुन सरासर गैरकानुनी हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: