×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : आइएमइ जनरल इन्सुरेन्सको दादागिरी रोकिएन,’गैरकानुनी ट्रेडमार्क’ सहित प्रचारप्रसार जारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गैरकानुनी रुपमा ट्रेडमार्कको दावी गरिरहेको आइएमइ जनरल इन्सुरेन्सले आफ्नो कर्तुतबारे संचारमाध्यममा खुलासा भइसकेपछी पनि त्यसलाई सच्याउनुको सट्टा अझै दादागिरी देखाउँदै गैरकानुनी ट्रेडमार्कसहित प्रचार प्रसारलाई अझै तीब्रता दिएको छ । आफ्नो कम्पनीले गैरकानुनी ट्रेडमार्क प्रयोग गरेको शुक्रबार नै थाहा पाउँदा पनि कम्पनीले त्यसलाई सच्याउनुभन्दा ‘देशको कानुनलाई धोती लाईदिए हुन्छ’ भन्ने शैलीमा आफ्नो गैरकानुनी कामलाई अझै प्रसय दिइरेको छ ।   कम्पनीले आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्ह प्रयोग गर्न योग्य नै नभई रजिष्टर्ड ट्रेडमार्क चिन्ह राखेर गैरकानुनी दावी गरेपछि यसविषयमा अर्थ सरोकार डटकमले विशेष सामाग्री प्रस्तुत गरेको थियो ।

‘कानुनलाई हातमा लिने प्रयास, पेलेरै जाने ढकाल सा’पको रणनीति’ 
यता गैरकानुनी दावी सहितको लोगो प्रचारमा गइसकेको भन्दै गैरकानुनी कामलाई सच्याउनु भन्दा पेलेरै जाने रणनीतिका साथ कम्पनी लागिपरेको बुझिएको छ । शुक्रबार कम्पनीले  गैरकानुनी काम गरेको थाहा पाएपछी ‘जे सुकै होस्, अगाडी बढ्नुहोस्’ भन्दै कम्पनीका अध्यक्ष  हेमराज ढकालले आफ्ना कर्मचारीलाई निर्देशन दिएको कम्पनी स्रोतले बताएको छ । उनको निर्देशनपछि कम्पनीले पुन: आइतबार पनि विभिन्न अनलाइनमा रोडब्लक विज्ञापन गरिरहेको छ भने विभिन्न पत्रपत्रिकामा पनि गैरकानुनी लोगोसहितको ब्रान्डीङ गरिरहेको छ । यसबारे हामीले कम्पनीका अध्यक्ष ढकाललाई सम्पर्क गर्न खोज्दा उनले हाम्रो फोन उठाएका छैनन् । 

भएको के हो ? हुनु पर्ने के हो ?
हालका लागि कम्पनीले आफ्नो लोगोमा ® चिन्ह राख्नै पाउँदैन । कम्पनीले प्रयोग गरेको यो लोगोमा  उसले रजिष्टर्ड चिन्ह राख्ने हैसियत वा अनुमति पाएको छैन । ट्रेडमार्क दर्ता नै नभई कुनै लोगोमा ® चिन्ह राख्नु अन्तराष्ट्रिय रुपमै वौद्धिक सम्पत्तिमाथिको हस्तक्षेपको रुपमा मानिन्छ । अन्तराष्ट्रिय अभ्यासमा यस्तो काम गर्नेलाई कारवाही समेत गर्ने चलन छ । नेपालमा पनि दर्ता प्रक्रियाको झन्डै एक बर्षपछी मात्र यो चिन्ह आफ्नो लोगोमा राख्न पाइन्छ । अझ कतिपय देशमा त दर्ता भएको ७ बर्ष पछी मात्र TM को ठाउँमा ® चिन्ह प्रयोग गर्न पाइन्छ । नेपालको हकमा यो अवधि झन्डै १ बर्षको छ । नेपालमा पनि पावर र पैसाको राज नचल्ने हो भने आइएमइ जनरल इन्सुरेन्सको यो कदमका लागि उद्योग विभागले कारवाही गर्नुपर्ने हो । रजिष्टर्ड ट्रेड मार्क चिन्हको दुरुपयोग गरेमा कस्तो कारवाही गर्ने भन्ने विषयमा नेपालमा समेत स्पष्ट कानुन छ ।  
यसरी नेपालको कानुन मान्ने हो भने ट्रेडमार्क दर्ताको प्रक्रिया सुरु गरेर दावी विरोधका लागि दर्ता भएको खण्डमा एक बर्षसम्म कम्पनीले आफ्नो लोगोमा TM चिन्ह राख्न पाउँछ । त्यो बीचमा कसैको दावी विरोध पर्यो भने उसले उक्त लोगो गुमाउनुपर्छ । कसैको दावी विरोध परेन भने TM लेखेको एक बर्षपछी उसले ® चिन्ह प्रयोग गर्न पाउँछ । तर आइएमइ जनरल इन्सुरेन्स कम्पनीले नयाँ नामसहितको संचालनको पहिलो दिन नै ® चिन्ह चिन्ह राखेर लोगो सार्वजनिक गरेको छ । जुन सरासर गैरकानुनी हो ।
नयाँ नाममा कम्पनी बदनाम हुने संकेत, आइएमइ जनरल इन्सुरेन्सविरुद्ध मुद्धाको तयारी !
यता एनबी समूहलाई फकाएर कम्पनीको नाम आइएमइ जनरल इन्सुरेन्स राख्न सफल भएपनि कम्पनी नयाँ नाममा बदनाम हुने संकेत देखिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार शुक्रबारनै उद्योग विभागमा कम्पनीले गरेको गैरकानुनी काम विरुद्ध उजुरी परिसकेको छ । कम्पनीले ठुलो घरानाको भएकाले उद्योग विभागका कर्मचारीहरुलाई समेत प्रभावमा पार्न सक्ने भन्दै एक आइटी कम्पनीले कम्पनी विरुद्ध अन्य निकायहरुमा समेत उजुरी र मुद्धा दायर गर्ने बताएको छ । यता कम्पनी भने यसबारेमा बोल्न मानिरहेको छैन । गैर कानुनी काम भएको थाहा पाउँदा पाउँदै पनि कम्पनीले त्यसलाई सच्याउनु भन्दा विभिन्न अनलाइन, तथा पत्रपत्रिकामा त्यसको विज्ञापन गरिरहेको छ । यसले कम्पनी देशको कानुनलाई कतिसम्म लत्याउँछ र ठुलो घरानाको व्यापारी भएकै कारण कम्पनीका अध्यक्षले कानुनलाई कसरी हातमा लिन्छन् भन्ने प्रमाणित भएको छ। 

यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: