ग्यांग फाइट : कांग्रेस एमाले बीच खुकुरी हानाहान हुँदा कांग्रेस सभापति र एमाले अध्यक्ष घाइते, दुवैको अवस्था चिन्ताजनक !


नवलपुरमा नेपाली काँग्रेस एकातिर र एमाले-माओवादीकाे समूहबीच खुकुरी हानाहन हुँदा दुइ जना गम्भीर घाइते भएका छन् भने ६ जना सामान्य घाइते भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस, एमाले -माओवादीबीच खुकुरी हानाहान हुँदा कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् । यता एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।

भण्डारी एकदम चिन्ताजनक अवस्थामा रहेकाले थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । यता नवलपुरमा प्रहरीले थप झडप हुन नदिन गस्ती बढाएको जनाएको छ ।
प्रकाशित : Wednesday, November 29, 2017
,

recent

Popular Posts