×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भीआइपी’को हत्या गर्न नेपाल आएका शुटरले ‘केटी काण्ड’का कारण गोली चलाएको खुलासा

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- कमलादीमा गोली चलाउने दुइ भारतीय शुटरलाई प्रहरीले पक्राउ गरेको छ । ५१ राउण्ड गोलीसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कुलदीप चन्दको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरी उनीहरुसंग भएको हतियार र गोली बराबाद गरेको हो । पक्राउ पर्नेमा हरगोबिन्द र जस्प्रीत सिंह छन् । यी दुवै भारतबाट नेपालमा एक भीआइपीको हत्या गर्न आएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । तर कसलाई मार्न उनीहरु नेपाल आएका थिए भन्ने कुरा भने खुलेको छैन ।
यद्यपी नेपालमा एक भीआइपीको हत्या गर्न आएका उनीहरु बीचमै केटी काण्डमा फसे । दरबारमार्गको एउटा डान्सबारमा छिरी २२ हजारको रक्सी खाएपछी यिनीहरु र बार संचालकबीच झगडा हुँदा त्यसैको रिसमा गोली चलेको बुझिएको छ । ‘ पीके भनिने एक दलालले उक्त बारमा निकै राम्रा केटिहरु मिलाइदिने भन्दै उनीहरुलाई बार छिराएका थिए । तर केटी पनि नपाएको र रक्सीको बिल पनि धेरै उठेको भन्दै विवाद भएको थियो । घटनाको अन्य विवरण आउन बाँकी छ । उनीहरुले भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार प्रयोग गरिरहेको खुलेको छ ।
यो घटनाले काठमाडौँ निकै असुरक्षित भएको भान नागरिकले गरेका छन् । काठमाडौँको सुरक्षाको जिम्मा सम्हालीरहेका रविन्द्र धानुक गौचन हत्या प्रकरणपछी यो प्रकरणसँगै पुन असक्षम देखिएका छन् । अर्कोतर्फ काठमाडौँमा कोहि व्यक्ति ५१ राउण्ड गोलीसँगै भेटिनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: