×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकलाई अदालतको आदेश, ‘संचालक समितिले तत्काल कुनै पनि निर्णय नगर्नू / नगराउनू’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हिमालयन बैंकको संचालक समितिलाई उच्च अदालत पाटनले तत्काल कुनै पनि निर्णय नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । यसका साथै अदालतले विपक्षी हिमालयन बैंक लिमिटेडका नाममा १५ दिने कारणदेखाउ आदेश समेत जारी गरेको छ । 
म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिका तर्फबाट उषा पाण्डे कार्कीले अदालतमा आफूहरुको समूहलाई हिमालयन बैंकले अन्यायपूर्ण तरिकाले संचालक समितिमा प्रतिनिधित्व नगराएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । म्युचुुअल ट्रेडिङ कम्पनीले आफ्नो तर्फबाट निर्णय गरी बैंक संचालक समितिमा आफ्नो प्रतिनिधिमा नाम सिफारिस गरेको थियो । तर बैंकले दादागिरी देखाउंदै कम्पनीलाई होच्याउने काम गरेपछि बैंकविरुद्ध मुद्धा दायर भएको थियो ।
न्याय माग्दै नेपाल राष्ट्रबैंक, कम्पनी रजिष्टारको कार्यालय सम्म पुगेको कम्पनीले कतैबाट पनि न्याय नपाएपछी अन्तत अदालतको ढोका ढकढकाएको थियो ।
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: