×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाजरकोट समृद्ध जाजरकोट बनाउन शक्ति वस्नेतले ल्याए यस्ता योजना (घोषणापत्रसहित)

जाजरकोट – पूर्वगृहमन्त्री शक्ति बस्नेतले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जाजरकोटबाट वाम गठवन्धनको संयुुक्त उम्मेदवार रहेका माओवादी केन्द्रका प्रभावशाली नेता वस्नेतले आइतवार वामगठवन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आफु विजय भएपछि जाजरकोटलाई समृद्ध बनाउने दाबी उनले गरेका छन् ।
यस्तो छ घोषणापत्रको पुर्ण पाठ:
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ वाम गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धतासहितको अपिल
सपना र दृढता : जाजरकोट जिल्लालाई विकासको नमुनाका रूपमा शिक्षित, सभ्य र समृद्ध बनाउँदै पश्चिम नेपालको गौरवका रूपमा चिनाउने ।
साझा लक्ष्य : समृद्ध सम्पन्न, दिगो विकास र स्थायित्वसहितको समाजवादी व्यवस्थाका आधार निर्माण गर्ने ।
जाजरकोट गौरवका चार परियोजना सम्पन्न गर्ने :
१. अन्तर्राष्ट्रिय पुलको रूपमा भेरी करिडोर राजमार्ग निर्माण गरी भारतको रूपैडिहादेखि चीनको तिब्बत जोड्ने ।
२. लुम्बिनी बौद्ध स्थल, दाङ, नेपालगञ्जदेखि कर्णाली रारासम्म पुग्ने मूल ढोकाका रूपमा पर्यटकीय राजमार्ग (चाखुरे सुरुङ मार्ग) निर्माण गर्ने ।
३. कुशेमुसे चाखुरे, ठाकुरजीनाथ, नदाइडाप पदमार्ग प्रवद्र्धन, ताल संरक्षण, भ्यू टावर तथा मन्दिर निर्माण, हिम चिप्लेटीको व्यवस्थापन, जाजरकोटको धार्मिक, सांस्कृतिक, जैविक सम्पदालाई पर्यटकीय गन्तव्यमा विकास गर्ने ।
४. निर्माणाधीन नलगाड परियोजना सम्पन्न गर्दै भेरी, मजकोट खोला, छेडागाड लगायतका सानाठूला सबै जलविद्युत आयोजा सम्पन्न गर्ने र केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारसमेत गरी सबै घरमा उज्यालो पुर्याउने ।
५. शिक्षा क्षेत्रलाई प्रविधियुक्त बनाउँदै विद्यालयहरूको गुणस्तरीय विकास, शिक्षकहरूलाई क्षमता विकासका अवसर, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तीका अभियान सञ्चालन गर्ने । 
६. जिल्लाका सबै गाउँ तथा नगरपालिकामा १५ बेडका अस्पतालहरू सञ्चालनमा ल्याई आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा सुनिश्चित गर्ने र जिल्लामा सञ्चालित पचास बेडको अस्पताल मार्फत विशेषज्ञ सेवा प्रदान गर्ने ।
७. सबै घरधुरीलाई १५ मिनेटभन्दा नजिकको दूरीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने ।
८. जाजरकोटलाई नेपालको बालविवाह रहित नमुना जिल्ला बनाउने ।
९. जाजरकोट जिल्ला लैङ्गिग विभेदरहित जातीय छुवाछूतरहित जिल्ला बनाउने ।
१०. वैदेशिक रोजगारमा जाने मजदुरहरूको निम्ति जीवन बिमा लागर गर्ने । वैदेशिक रोजगारलाई निरुत्साहित गर्दै स्वदेशमै व्यापक रोजगारको अवसर सृजना गर्ने र बेरोजगार युवाहरूलाई बेरोजगार भत्ताको सुनिश्चित गर्ने ।
११. महिला स्वयंसेविकाहरूलाई निर्वाह पुग्नेगरी मासिक भत्ताको व्यवस्था गर्ने ।
१२. पांँचवटा बस्ती कार्कीगाउँ, सिर्पाचौर, तात्रघरंगा, जुनीचाँदी र कुदुमा होमस्टे तथा पर्यटन क्षेत्र विकास गर्ने ।
१३. कृषि पशुपालनलाई आधुनीकरण गर्ने, पकेट क्षेत्र, ब्लक, जोनका रूपमा विकास गरी बजारीकरण र व्यावसायिक सीप विकास गरी कृषि क्षेत्रमा ब्यापक रोजगारी सृजना गर्ने ।
१४. जाजरकोटका हरेक बस्तीमा यातायातका साधन पुग्ने सडक र सबै बस्तीमा उत्पादन तथा व्यावसायका विशेष योजना सञ्चालन गर्ने । बारेकोटमा फलाम, भरचौरमा कोइला अर्छानी टुरमालीन काइनाइट ढुङ्गा लगायतका अन्य खनिज उत्खनन् गर्ने ।
१५. पूर्वको दल्ली र पश्चिमको थलहमा प्राविधिक शिक्षालय, (इन्जिजियरिङ, कृषि, भेटनरी र आई.टी.) क्याम्पस सञ्चालन गर्ने साथै जिल्ला अस्पतालमा नर्सिङ तथा हेल्थ असिस्टेन्टको कक्षा सञ्चालन गर्ने ।
१६. दूध चिस्यान केन्द्रहरू स्थापना गरी कृषकहरूको दूध स्थानीय सरकारले किन्ने र वितरण तथा व्यवस्थापन गर्ने ।
१७. नागरिकलाई आधुनिक सहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार सम्पन्न गर्ने र वातावरण र सांस्कृतिक र जैविक परिचय भएका नगरका रूपमा विकास गर्ने ।
१८. आधा घण्टाभित्र सेवा प्रदान गर्ने प्रशासन, गुनासोको सुनुवाइ गर्ने प्रवन्ध र जनताका लागि सेवाको मान्यता स्थापित गर्ने ।
१९. सार्वजनिक सेवामा कर्मचारीको सङ्ख्यामा आधा महिला आधा पुरुषको दरमा पुर्याउने ।
२०. जाजरकोट जिल्लालाई पूर्णतया अर्गानिक क्षेत्रको रूपमा घोषणा गर्ने ।
२१. नलसिंगाड परियोजनाको सेयर सदस्यता र उपभोगको अग्राधिकार जाजरकोट बासीलाई प्रदान गर्ने सुनिश्चिता गर्ने ।
२२. ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका समाजका नागरिकलाई निर्वाह चल्ने गरी भत्ताको व्यवस्था गर्ने ।
२३. गरिबीको रेखामुनि परेका नागरिक र सुकुम्बासीका समस्या सामाधान गर्न तत्परता देखाउने ।
२४) कचाली, कुसेमुसे, ठाकुरजी, च्याखुरे हुँदै डोल्पाको सर्मी, ओक्टसम्मको पर्यटकीय सडक मार्गको अध्ययन र उक्त कोरिडोरमा पर्यटन विकासका सम्भावना अध्ययन गरी कार्यान्वयन गरिने । 
२५) डोल्पा, जाजरकोट, जुम्ला सिमानालाई जैविक विविधता, वन्यजन्तु तथा पन्छी संरक्षण र जडीबुटी उत्पादन र संरक्षण क्षेत्रका कार्यक्रम घोषणा गरी समुदायलाई हस्तान्तरण गरिने ।
२६) जिल्लाको अधिकार सम्पन्न पर्यटन विकास समिति गठन गरी अल्पकालीन र दीर्घकालीन रणनीति तयार गरी बजेट विनियोजन गरिने ।
२७) बुकिपाटन क्षेत्रलाई पर्यटकीय रूपमा विकास र खर्क चरन विकास कार्यक्रम र पशुविकास कार्यक्रम लागू गरिने ।
२८) जिल्लावाट अवैध निकासी हुने खानीजन्य उत्पादन, जडीबुटी र खोटो सङ्कलन र निकासी व्यवस्थित गरी जिल्लाको आयस्रोतमा समायोजन गरिने ।
२९) जाजरकोटबाट वारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माण कार्यलाई तदारुकता दिइने ।
३०) पाँचकाटियादेखि गाईखुर, फुलचाउलीदेखि समाइलासम्मका जङ्गललाई लालीगुराँस संरक्षण क्षेत्र विकास गरी विभिन्न पर्यटन विकासका कार्यक्रम सञ्चालन गरिने ।
३१) छिन्चु जाजरकोट हुँदै डोल्पा सडक वरपरका विभिन्न रमणीय बस्तीहरूमा सम्बन्धित जिल्लासँग समन्वय गरी पर्यटन विकासका कार्यक्रम अगाडि बढाइने । 
३२) ऐतिहासिक महत्व बोकेका मठमन्दिरको संरक्षण र मर्मत गरी तिनका महत्व बारे सार्वजनिक गरिने । 
३३) जिल्लाका लोपोन्मुख कला र संस्कृतिहरूको संरक्षणमा विशेष जोड दिइने ।
३४) पर्यटन विकासमा युवाहरूको सहभागिता बढाउने तालिमलगायतका विशेष कार्यक्रम सञ्चालन गरिने छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: