×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आधा दर्जन बढी कर्मचारीसहित अनील शाहले मेगा बैंक छाडे, सेञ्चुरीमा सीइओ नियुक्त !

काठमाडौँ- एक दशक मेगामा रहेर लगानीकर्तालाई जम्मा ४ रुपैयाँ हात पारिदिएका चर्चित तर अत्याधिक विवादित बैंकर अनिल शाहले अन्तत: मेगा बैंक छाडेका छन् । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत  हुनेगरी उनले मेगा छाडेका हुन् ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार उनी सेञ्चुरी कमर्शियल बैंकको सीइओ हुने सम्झौता भइसकेको छ । प्राप्त जानकारी अनुसार शाहले डिसेम्बर १६ अर्थात पुस १ गतेदेखि नै सेञ्चुरीमा प्रमुख कार्यकारीको भुमिका निर्वाह गर्नेछन् । उनीमात्र होइन उनको टिम नै मेगा छाडेर सेन्चुरी बैंक जान लागेको बताइएको छ । मेगाबाट को को सेन्चुरीमा जाँदै छन्, त्यो भने हेर्न बाँकी नै छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: