×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईबिएल क्यापिटल र एस क्यापिटल बीच मर्जर सम्बन्धी सम्झौता सम्पन्न

काठमाडौँ- एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहिबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सो सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्स लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटल लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री रविन सिजापतीले हस्ताक्षर गरेका छन् ।
एस क्यापिटल लि. को मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लि.लाई नेपालइन्भेष्टमेण्ट बैंक लि.ले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लि.मा समाहित भएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटललि.दुवै संस्थाहरु हाल नेपालइन्भेष्टमेण्ट बैंक लि.को शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको र नेपाल धितोपत्र बोर्डको निती निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु-गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने/गाभिने सम्झौ तागरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: