×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के थियो र पारिवारिक तनाव, जसले लियो प्रकाशको ज्यान ?

काठमाडौं। अचानक निधन भएका प्रकाश दाहालको निधनको कारण खोजी हुन थालेको छ। उनको निधन हृदयघातका कारण भएको बताइए पनि हृदयघात सम्म पुग्ने कारणका बारेमा पनि चर्चा हुन थालेको छ।हृदयघात हुनु अघी प्रकाश तनावमा रहेको देखिएको छ। किन उनी शनिवार अत्यन्तै तनावमा आए भन्ने कुराको परिवारका सदस्यहरुमा खोजी हुँदा उनको पारिवारिक पृष्ठभुमी नै यसमा जोडिएको तथ्य परिवारका सदस्यहरुले फेला पारेका छन्। 

आमा सीता र पत्नी सिर्जना त्रिपाठीबीच के भएको थियो कुरा ?
प्रचण्डका एक मात्र छोरा प्रकाशको पारिवारिक जीवन त्यति सुखद थिएन। पत्नीहरुसँगको सम्वन्धका कारण उनी चर्चा आइरहन्थे। पहिलो पत्नीसँग सम्वन्ध विच्छेद भएपछि ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा सिर्जना त्रिपाठीसँग भएको विवाह पनि लामो समय टिक्न सकेन। ०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि त्रिपाठी कास्कीको हेम्जामा रहेको माइतीमा बस्दै आएकी थिइन। हाल भने काठमाडौंमा छोरालाई पढाउन बसेकी सिर्जना दाहाल परिवारले आफूलाई वेवास्ता गरेकोमा असन्तुष्ट रहँदै आएकी थिइन। 
निरन्तर माओवादीमै सक्रिय भएपनि आफूलाई सम्वन्ध विच्छेद गरेर परिवाबाट अलग राख्न खोजिएकोमा उनको गुनासो थियो। पटकपटक ससुरा प्रचण्डको इज्जतका लागि आफू चुपचाप रहेको बताउने उनले अब भने चुप लागेर नबस्ने संकेत सासु सीता दाहाललाई दिएकी थिइन। सासु सीतालाई फोन गरेर उनले आफूलाई वेवास्ता गरिरहे छोरालाई लिएर ससुरा प्रचण्ड र सौता विना मगरको निर्वाचन क्षेत्रमा गएर भाषण गर्ने चेतावनी दिएकी थिइन। 
बुहारीको यो कुराले सासुलाई पनि चिन्ता हुनु स्वभाविकै थियो। सीताले यसको जानकारी छोरा प्रकाशलाई गराएकी थिइन। छोरा प्रकाशले यो कुरा थाहा पाएपछि बुबा प्रचण्ड र श्रीमती वीनासँगै आफ्नो पनि राजनीतिमा प्रतिकुल प्रभाव पर्ने आँकलन गरेका थिए। उनलाई सो कुराले निकै नै तनावमा पारेको उनका निकटवर्तीहरु नाम नवताउने शर्तमा बताउँछन्। 
एमालेसँग कम्युनिष्ट गठवन्धन बनाएका माओवादी आफ्नै कारणले पछाडी पर्ने होकी भन्ने चिन्तामा पनि थिए उनी। छोरा तनावमा रहेको देखे पछि आमा रातभर निदाउन सकिनन। केहि दनदेखि ज्वरो आएर बाबुसँग चुनाव प्रचारमा पनि नहिडेका उनलाई आमाले बेलाबेलामा गएर कोठामा हेर्ने गर्थिन।  विहान ५ वजेतिर छोराको अवस्था बुझ्न उनको कोठामा जाँदा छोरा प्रकाशको अवस्था अस्वभाविक पाएपछि उनले तत्काल नर्भिक लैजान सुरक्षाकर्मी र घरमा रहेका आफ्नतलाई भनिन।  अस्पताल पुग्दा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। 
वेहोस विना र सिर्जना 
एक छोराकी आमा प्रकाशकी दोस्री पत्नी सिर्जना नर्भिक अस्पतालमा बेहोस अवस्थामा उपचाररत छिन। आइतबार बिहान प्रकाशको निधन भएपछि नर्भिक अस्पताल पुगेकी पत्नी सिर्जना त्रिपाठी बेहोस भए पछि नर्भिककै उपचार कक्षमा उपचार भएको हो ।प्रकाशले सम्वन्ध विच्छेद गर्न दवाव दिएपनि सम्वन्ध विच्छेद नगरि प्रकाशसँग अलग बस्दै आएकी सिर्जना पतिको मृत्युको खवरपछि अस्पताल पुगेकी थिइन् ।प्रकाशकी कान्छी श्रीमती बिना मगर अस्पताल पुगेकी थिइन। 
दाहाल परिवारले वेवास्ता गरेपछि रुष्ट थिइन सिर्जना
दाहाल परिवारले आनाकानी गर्दा हालसम्म प्रसिद्ध दाहालको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । ससुरासँगको भेटमा सिर्जनाले जन्मदर्ता गरिदिन बारम्बार आग्रह गरेपनि हालसम्म बनेको छैन। स्कुलले जन्मदर्ता मागेको चिठीसहित काठमाडौं पुगेर सिर्जनाका बुबाले प्रसिद्धको जन्मदर्ता गराइदिन सम्धीसँग आग्रह गरेका थिए । तर, दाहालले ‘ठूलो कुरा होइन’ भनेर टार्ने गरेको सिर्जनाले यसअघी बताएकी थिइन। विद्यालय भर्ना हुँदादेखि नै जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ । आमा सीता त्रिपाठी पनि नातिको जन्मदर्ता नगराइदिएकोमा दाहाल परिवारप्रति रुष्ट रहँदै आएकी थिइन । ‘छोरा होइन भने बाउ देखाइदिन पर्‍यो,’ उनी भन्छिन्, ‘होइन भने जन्मदर्ता गराइदिनपर्‍यो ।’प्रकाशकी आमा सीता दाहालको माइती पनि हेम्जा नै हो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मामाले सिर्जना र प्रकाशको जोडी मिलाइदिएका थिए । ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा पञ्चैबाजा बजाएर उनीहरूको विवाह भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: