×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेसको कार्यक्रममा कविता वाचन गर्दागर्दै पण्डितको मृत्यु

काँग्रेसको चुनावी कार्यक्रममा कविता वाचन गर्दागर्दै एक जनाको मृत्यु भएको छ । तनहुँ भानु नगरपालिका वडा नम्बर १२ को कवाचित भन्ने ठाऊँका पुराना काँग्रेसका कार्यकर्ता श्रीभद्र पण्डितको मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरिक भएको चुनावी कार्यक्रममा पण्डित कविता वाचन गर्दै गर्दा एक्कासी बेहोश भएर ढलेका थिए । बेहोश भएर ढलेपछि उपचारको लागि डुम्रेतर्फ लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको काँग्रेस प्रदेश नम्बर ४ का मिडिया सँयोजक गंगाधर पराजुलीले जानकारी दिए ।
चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरेका छन् ।
यस्तै पौडेलले काँग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे । उनले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सबै काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: