×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘इमान्दार पत्रकारहरुसँग डराएर सरकारले लोकतन्त्रको खिल्ली उडायो’ : क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले सरकार इमान्दार पत्रकारसँग डराएर लोकतन्त्रको खिल्ली उडाइरहेको बताएका छन् । आज विहान रेडियो मिर्मिरेको एक कार्यक्रममा बोल्दै उनले समाचार लेख्ने पत्रकारलाई सरकारले धम्की दिने काम गरेको भन्दै यसले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् । 
‘कुन पत्रकारले कुन नियम मिचेर काम गरे ? म त्यो देखाउन चुनौती दिन्छु ।’ अध्यक्ष चलाउनेले भने, ‘सामान्य अवस्थामा सामाचार लेख्दालेख्दै पक्राउ गरिएको छ । अध्यापन कार्यमा लाग्नुभएका केहि पत्रकार साथीहरुलाइ लेख्दा लेख्दै गिरफ्तार गरिएको छ । समाचार लेखेकै भरमा समात्ने  तर सार्वजनिक अपराधको मुद्धा चलाउने काम भएको छ । यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ? ‘ 
कार्यक्रममा बोल्दै उनले नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व र मानव अधिकारकर्मीहरुलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरे । ‘गत निर्वाचनमा पनि ५६ दिनसम्म हिरासतमा राख्ने काम भयो पत्रकारलाई । यो भन्दा निन्दनीय के हुन सक्छ ?’ उनले प्रश्न गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: