×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाशको मृत्युको खबर सुनेर सीता दाहाल अर्ध-बेहोस, प्रचण्ड नर्भिक पुग्दै !

काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको खबर सुनेपछि प्रकाश दाहालकि आमा सीता दाहाल अर्ध बेहोस भएकी छिन । आइतबार विहान आफ्नो छोराको निधन भएको खबर सुनेपछि उनी भक्कानीदै अर्ध बेहोस भएकी थिइन् । पुत्र वियोगमा छटपटीए पनि छोराको मृत शरीर अन्तिम पटक हेर्न उनी पति प्रचण्डसहित  नर्भिक पुग्दैछिन् ।  यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ । धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिवावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।

गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् भने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: