×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम बैकका सञ्चालक राजेन्द्रदास श्रेष्ठ फरार, यसकारण परे प्रहरीको पक्राउ सुचीमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्राइम बैंकका संचालक समेत रहेका राजेन्द्रदास श्रेष्ठ फरार भएका छन् । दरबारमार्ग स्थित लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सञ्चालकसमेत रहेका उनी कालोबजारीमा संलग्न भन्दै कारवाही हुने भएपछी उनी फरार भएका हुन् । कालोबजारी ऐन विपरित नाफा खाएर ठगी गरेको अारोप लागे श्रेष्ठ हाल फरार व्यवसायीको सूचीमा छन् । 
काठमाडौं महानगरपालिका वडा नम्बर १९मा बसोबास गर्दै अाएका उनलाई प्रहरी परिसर काठमाडौंले फरारको सुचीमा राख्दै उपस्त्थित हुन पत्र काटेपनि उनी उपस्थित नाभायेपछी यस्तो रहस्य खुलेको हो । तीन जना संचालक रहेको दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेजका सञ्चालकहरु मध्ये जयन्द्रदास श्रेष्ठ आफैं परिसर पुगेर अात्मसमर्पण गरेका थिए भने उक्त पसलका अन्य दुइ संचालक निर्मललाल श्रेष्ठ र राजेन्द्रदास श्रेष्ठ भने अझै पनि प्रहरी समक्ष उपस्थित भएका छैनन् । 
यसो त श्रेष्ठमाथि कालोबजारी लागी विवादमा परेको यो पहिलो पटक भने होइन । यस अघि पनि बैंकका संचालक श्रेष्ठ लगायतले कमलपोखरीस्थित माछापुच्छ्रे बैंकको नाममा रहेको ३१ आनामा बन्दै गरेको भवन १५ करोड भन्दा बढी हालेर किनेको भन्दै विवादमा मुछिएका थिए । यसअलावा बैंकमा विभिन्नखाले घोटालामा संग्लग्न भएको लगायतका आरोपहरु पनि श्रेष्ठमाथि छन् ।
बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार अदालतले सजाय सुनाएका तर सजाय भुक्तान नगरेकाहरु बैंकको संचालक समितिमा बस्न नपाउने व्यवस्था छ । यद्यपी यो प्रकरण अदालत भने पुगेको छैन । प्रहरीले अझै पनि संचालक श्रेष्ठलाई खोजीरहेको छ । श्रेष्ठ प्राइम बैंक पुर्व अध्यक्ष समेत हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: