×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रामचन्द्र पौडेलको गाडीमाथि बम प्रहार, गाडीको सिसा फुटेपछि पौडेलको आँखाभारी आँशु देखियो !

  • इलेक्सन ब्यूरो / अर्थ सरोकार डटकम  
तनहुँ- निर्वाचन मिति नजिकिंदै गर्दा उम्मेदवारहरुलाई सुरक्षा थ्रेट बढेको छ ।  दिनानुदिन बम पड्कने क्रम जारी हुँदा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि पनि बम प्रहार भएको छ । शनिबार तनहुँको भानु–१० नेपाल डाँडामा उनको गाडीमाथि बम प्रहार भएको हो । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको हो ।
वम प्रहार बाट पौडेल सवार साधानको सिसा फुटेको छ भने पौडेल र उनका सहयोगीहरु भने सुरक्षित छन् । बिस्पोटपछि कसले गरायो भन्ने अझै खुलेको छैन । यद्यपी प्रहरीले विष्फोट गराउनेको खोजी कार्य भइरहेको बताएको छ । प्रहरी र स्थानीयले पनि विप्लव नेतृत्वको नेकपाले विष्फोट गराएको हुन सक्ने अनुमान गरेको छ ।
पौडेलमाथि आक्रमण भएपछी उनका सहयोगीहरु समेत आत्तिएको र पौडेलले समेत आँखाभारी आँशु पारेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: