×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मन्दिर छेउ बम पड्किएपछी ७ बर्षीय छोराले सोध्यो ‘भगवानलाई बम हान्दा पाप लाग्दैन आमा ?’

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
रौतहट – निर्वाचनको मिति नजिकिंदै गर्दा जताततै निर्वाचनको उल्लास छ । सबैजना निर्वाचनको मिति कुरेर बसेका छन् । ठिक यहि समयमा देशभर बम पड्किएका खबरहरु आएका छन् । जताततै बम पड्किएका खबरहरु आइरहँदा उम्मेदवारलाई सुरक्षा थ्रेट त बढेको छ नै, यसले कतै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न नहुने पो हो कि भन्ने शंका पनि जन्माएको छ । अझ ठाउँ ठाउँमा पड्किएका बमले बालबालिकाको मानसिकतामा पनि असर परेको देखिएको छ ।
यस्तै सुन्दै दुख लाग्ने घटना रौतहटमा घटेको छ । रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएपछि सात वर्षीय जैदिक राय र ३१ वर्षीय सरिता राय घाइते भएका छन् ।उनीहरु आमा छोरा हुन् । बम पड्किएर घाइते भएका उनीहरुलाई अस्पताल लैजाँदै गर्दा ७ बर्षीय छोराले ‘भगवानलाई बम हान्दा पाप लाग्दैन आमा ?’ भनेर प्रश्न गरेपछि उक्त कुरा सुन्ने अधिकांसका आँखा रसाएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले उक्त बालकले भनेको कुरा उदृत गर्दै स्थानीय मिडियाहरुले यसलाई ‘चुनावी इस्यू’ पनि बनाइरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: