सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी

आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ । 

सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । 

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो । 

यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको हो । , यो खबर आजको कान्तिपुरमा छ ।
प्रकाशित : Wednesday, November 01, 2017

recent

Popular Posts