×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

त्रिशुलीमा बस् खस्यो, ९ को मृत्यु, दर्जनौ वेपत्ता, वेपत्ताको खोजी कार्य जारी !

काठमाडौँ – काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको छ । उक्त घटनामा ९ जनाको मृत्यु भएको छ भने दर्जनौ वेपत्ता भएका छन् । ९ मध्ये ७ को सनाखत भएको छ । सनाखत भएकामा ६ जनामा ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । 
यता उक्त घटनामा परेका एक बालक र २३ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ । घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको छ। थप उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको टोली घटनास्थल पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: