×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाइबरमा राजेश कुमारको फोन आए सावधान ! तपाईंलाई २५ लाखको चिट्ठा पर्यो भनेर यसरी ठग्न खोजीदैछ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भाइबरमा तपाईंलाई चिट्ठा परेको छ भनेर कसैको फोन आएको छ ? तपाईंलाई २५ लाख आइसी चिट्ठा पर्यो र उक्त चिट्ठामा परेको रकम लिन केहि रकम पठाउनु भन्ने कल आएको छ भने नझुक्कीनू होला, त्यो एकातर्फ भारतीय दलालहरुको ठगी हो भने अर्कोतर्फ नेपाल टेलिकमको मिलेमतोमा हुने गरेको कालो धन्दा हो । नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनीराज भण्डारीको समेत मिलेमतोमा यस्तो धन्दा भएको भन्दै एक समूह अख्तियार पुगेको खबर छ । अझ अचम्म लाग्दो कुरा त के छ भने कामिनी राज भण्डारीको मिलेमतोमा यस्तो ठगी धन्दा हुने गरेको, उनलाई कसैले पनि छुन नसक्ने भन्दै छिटो भन्दा छिटो उनलाई कारवाही गरी पाउँ भनी अख्तियार गुहार्ने समूहमा नेपाल टेलिकमकै उच्च तहका कर्मचारी समेत छन् ।
यसरी हुन्छ ठगी :
भाइबरमार्फत राजेश कुमार नाम गरेका एक भारतीयले फोन गर्छन् । उनले तपाईंलाई २५ लाख आइसी चिट्ठा परेको छ । तपाईं यो चिट्ठाको रकम लिन चाहानुहुन्छ ? भनेर सोध्छन् । सोझा जनताले पत्याएको खण्डमा उनले यसका लागि आवश्यक सेवा शुल्क पठाउन आग्रह गर्छन् । २५ लाखको लोभमा १० हजार आइसी माग्ने उनले नेपालीहरुलाई यसरी फसाउँछन् । अचम्मलाग्दो कुरा त के छ भने यो ९८५१० नम्बर भएका मोबाइलहरुमा बढी फोन आउँछ । भारतीय दलालहरुले भने यस्ता नम्बर टेलिकमकै मिलेमतोमा लैजाने गरेको नेपाल टेलिकमकै उच्च तहका कर्मचारीहरुको आरोप छ । टेलिकमको महाप्रबन्धक भएदेखि नै केहि न केहि विवादमा मुछिंदै आएकी  कामिनी राज भण्डारीले मोटो रकम खाएर यस्तो कालो धन्दालाई प्रसय गरेको भन्दै छानविनका लागि उनीहरु अख्तियार पुगेको उनीहरुको तर्क छ ।     
कामिनी राज भण्डारीसम्म कमिसन पुग्ने गरेको आरोप, ठगिंदै नेपालीहरु 
भाइबरमा आएको यस्तो नम्बरका कारण थुप्रै नेपालीहरु ठगिने क्रम बढ्दो छ । यसरी ठगी हुँदा पनि न प्रहरीले छानविन गर्ने चासो देखाएको छ, न नेपाल टेलिकम यसबारे बोलेको छ । टेलिकमका कर्मचारीहरु नेपाल टेलिकमकै महाप्रबन्धकको मिलेमतोमा यस्तो काम हुने गरेको बताउँछन् भने  नेपालीहरु थागिंदापनि कसैलाई केहि कुराको मतलव छैन ।  यद्यपी यो टेलिकमको कर्तुत पहिलो भने होइन । यसअघि पनि विदेशबाट फोन आउने र फोन उठ्ने बित्तिकै पैसा काट्ने ह्याकरहरुको समूहलाई कामिनीराज भण्डारीले सहयोग गरेको आरोप उनलाई लागेको थियो । विना कारण पैसा चोर्नेदेखि लिएर ठेक्कापट्टामा समेत अनियमितताको आरोप लागेको र पटक पटक कामिनीका विरुद्ध अख्तियारमा उजुरीपरेको भएपनि कारवाही भने हुन सकेको छैन ।
बोल्दैन नेपाल टेलिकम :
यसो त आफ्नो कर्तुतबारे निरन्तर समाचार आउँन थालेपछि उनले आफ्नो कार्यालयमा आफ्ना कर्मचारीहरुलाई फेसबुक र ट्वीटर नचलाउन उर्दी जारी गरिसकेकी छिन् । यसबारे टेलिकमकि प्रवक्ता प्रतिमा वैद्यसँग सम्पर्क गर्न खोज्दा समेत उनले हाम्रो फोन उठाईनन् । टेलिकमका कर्तुतबारे एक एक गरी समाचार आउन थालेपछि उनले केहि समय अघिदेखि हामीलाई प्रतिक्रिया दिनै छाडेकी छिन् ।   यसो त प्रबन्ध निर्देशकको नुनको सोझो गर्नुपर्ने उनको वाध्यता पनि हो । तर १५ लाखमा बन्ने एप्सलाई ७ करोड खर्च गरेको प्रकरणदेखि भाइबर प्रकरणसम्म आपुग्दा उनले प्रत्येक झुटलाई लुकाउन खोजीरहेकी छिन् ।             
यो पनि बढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: