×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करियर र इज्जतसमेत दाउमा राखेर पैसाका लागि यतिसम्म ‘बलमिच्याई’ गरेछन् अनिल शाहले…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कानुनशाश्त्र अन्तर्गत विधिशाश्त्रमा स्पष्ट उल्लेख छ, ‘नजानेर मिचिएको कानुन वा गरिएको गल्ती कानुनत: क्षम्य हुँदैन । अन्तराष्ट्रिय कानुनमा समेत प्रचलित छ यो भनाइ, ‘इग्नोरेन्स अफ ल ह्याज नो एस्क्यूज।’ तर बजारमा चर्चित बैंकरले नै कानुन जानेरै मिचेछन् भन्ने सुन्दा अचम्म नमाने हुन्छ । अझ अरुलाई ‘मोटीभेट’ गर्ने भन्दै गफ दिएर नथाक्ने र सधैं कानुन पालनाका ठुला-ठुला गफ विभिन्न फोरमहरुमा गर्ने बैंकर अनिल शाहले कानुन मिचे भन्ने कुरा त अव नौलो नै रहेन । तर थाहा पाएरै जानाजान केहि पैसाका लागि आफ्नो करियर र इज्जतसमेत दाउमा राखेर अनिल शाह कुन हदसम्म गिरेछन् भन्ने सुन्दा भने तपाईंलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस्, सबैले वाहि-वाहि गरेका तीनै अनिल शाहले पैसाका लागि जानेर नियम मिच्ने काम गरेको खुलासा भएको छ । 

मिल्दैन भन्ने थाहा पाउँदा पाउँदै पैसाका लागि इज्जत फाले अनिल शाहले
प्रसङ्ग अनिल शाह र सेञ्चुरी बैंक बीच भएको तलव सम्झौताको हो । सोमबार एक अन्तर्वार्ताका क्रममा अनिल शाहले आफुले सेञ्चुरीका सञ्चालकसँग नियम अनुसार आफ्नो तलव नपुग्ने बताएको तर सञ्चालकहरुले ‘हामी मिलाउँछौं’ भन्ने बचन दिएपछि आफुले उक्त कुरा मानेको बताएका छन् । अलिकति लाजको समेत प्रवाह नगरी उनले यस्तो अभिव्यक्ति दिनुले उनी कानुन पालनामा कतिसम्म कमजोर र हेपाहा प्रवृतिका रहेछन् भन्ने कुरा पुष्टी गर्दछ । त्यतिमात्र होइन, कानुनअनुसार नमिल्ने भन्ने थाहा पाउँदा पाउँदै सञ्चालकको कुरा सुनेर गैरकानुनी सम्झौता गर्न शाहले हुन्थ्यो ? के यहि हो चर्चित भनिएका अनिल शाहको भित्री हैसियत ? के पैसाका लागि यतिसम्म गिर्नु ठिक थियो ? जानीजानी कानुन मिच्ने सीइओले कानुनी हिसावले नै बैंकको काम गर्छन् भन्ने ग्यारेन्टी भयो र ? जुन सीइओले आफ्नो तलवका लागि जस्तो नमिल्ने काम पनि गर्दा रहेछन्, त्यस्ता सीइओबाट जनताले के आश गर्ने ? थुप्रै प्रश्नहरु अगाडी आएका छन् । 
यसो त सेञ्चुरीका सञ्चालकले समेत केहि समय अगाडी अर्थ सरोकारसँगको कुराकानीमा नमिल्ने भन्ने थाहा पाउँदा पाउँदै अन्य केहि सञ्चालकले राष्ट्र बैंकमा मिलाउने बचन दिएपछी त्यसरी गैरकानुनी सम्झौता गरेको जानकारी अर्थ सरोकारलाई दिएका थिए । तर यसअघि यो प्रकरणमा केहि नबोलेका अनिल शाहले आफ्नो जागिर लगभग जाने भएपछि बैंकका सञ्चालकलाई दोष थुपार्ने गरी यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता शाहको उक्त अभिव्यक्तिपछी सेञ्चुरीका केहि सञ्चालकसमेत अनिल शाहप्रति रुष्ट भएका छन् । ‘मेगाले कार्यकाल नथप्ने भएपछि हामीसँग कुरा गरे अनिल शाहले । मिल्दैन-मिल्दैन भनेको कुरापनि जवरजस्त मिलाउँछौं भन्ने केहि सञ्चालक साथीहरुको दम्भका कारण गैरकानुनी सम्झौता गरे । अव लगभग सेञ्चुरी नआउने भएपछि सञ्चालक समितिका केहि साथीहरुमाथि खुल्लमखुल्ला दोष थुपारेको देख्दा अचम्म लाग्यो ।’ सेञ्चुरीका एक सञ्चालकले भने, ‘अव त म पनि कन्भिन्स भएँ, हामीले सोचेको जस्तो व्यक्ति होइन रहेछन् अनिल शाह’
आफ्नो तलव जोगाउन यस्तो समेत प्रस्ताव गरेछन् अनिल शाहले 
यसो त नेपाल राष्ट्र बैंकको नियम अनुसार गत असारको वासलातका आधारमा अनिल शाहले गरेको सम्झौता गैरकानुनी छ । तर नियममा अर्को एक पाटो पनि छ । त्यो के हो भने डेपुटी सीइओ र सीइओको तलव बीचको भिन्नतालाई हेरेर समेत तलव निर्धारण गर्न पाइन्छ । केहि सीप नलागेपछि र नेपाल राष्ट्र बैंकले समेत नमानेपछि अनिल शाहले बैंकका सञ्चालक समितिका सदस्यहरुलाई सेञ्चुरी बैंकका डेपुटी सीइओको तलव ह्वात्तै बढाएर भएपनि आफ्नो तलव जोगाउन आग्रह गरेको रहस्य खुलेको छ । बैंकका एक सञ्चालक समितिका सदस्यले दिएको जानकारी अनुसार जीवन भट्टराइको तलव अहिलेपनि बजारमा बैंकका डेपुटी सीइओहरुमध्येकै बढी हो । आफ्नो तलव जोगाउन शाहले डेपुटी सीइओको तलव बढाउने प्रस्ताव समेत गरेका थिए । यसरी अनिल शाहको तलव जोगाउन नै डेपुटी सीइओको तलव बढाउने हो भने बैंकलाई बार्षिक करोडौं रुपैयाँ ‘फोकट’को भार पर्छ । 

पर्खाइ पुष १७ को ! के अनिल शाह तलव घटाएर सेञ्चुरी आउलान् ?
पुष १७ गतेदेखि अनिल शाह सेञ्चुरी बैंकको सीइओ हुने सम्झौता गरिएको छ । तर उनको तलव गैरकानुनी रहेको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि राष्ट्र बैंकले यस विषयमा स्पष्टीकरण सोधेको थियो । सेञ्चुरी बैंकबाट चित्तबुझ्दो जवाफ नआएपछि नेपाल राष्ट्र बैंकले गत असारकै वासलातका आधारमा तलव तोकिनुपर्ने भन्दै अनिल शाह र सेञ्चुरी बैंकले गरेको सम्झौता गैरकानुनी रहेको आशयसहितको पत्र बैंकमा पठाएको थियो ।पटक पटक विभिन्न चरणका बैठक भए । अनिल शाह तलव घटाएरै आउनेसमेत सहमति भयो । पछि त्यो सहमतिपनि भंग गरियो । जे जस्तो सम्झौता गरेर सेञ्चुरी बैंक आएपनि त्यो मिडियामा छरपष्ट हुने पक्कापक्की भएपछि शाह अव सेञ्चुरी नआउने मुडमा रहेको देखिएको छ । यसो त उनी नबिल बैंकमा जाने कुरा पनि छ । तर हालका लागि नबिलको कुरा पनि त्यति सकारात्मक देखिएको छैन । अनिल शाह पाए अन्त, नपाए बेकामेको जन्त’ भन्ने उखान जसरी पाए नबिल बैंक नपाए सेन्चुरीमा आउन लागेको चर्चा पनि उस्तै छ । यद्यपी त्यो सम्भावना हालका लागि टर्दै गएको देखिएको छ । पुष १७ देखि जागिर खानुपर्ने मान्छे पुष ११ गतेसम्म दिल्लीमा छन् । यसकारण पनि उनी सेञ्चुरी नआउने संकेत देखिएको बुझिएको छ ।               
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: