प्रहरीजस्तै संरचना बनाउने भन्दै सशस्त्रले थाल्यो लबिङ

काठमाडौं - अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ।

अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ।

नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो।

संविधानमा प्रदेश स्तरमा प्रहरीको व्यवस्था गरे पनि नेपाली सेना सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संरचना केन्द्रीकृतनै हुने व्यवस्था गरेको छ। -  नागरिकबाट 
प्रकाशित : Monday, December 18, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal