×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा बाबुराम भट्टराईले मागे न्याय, फेसबुकमा लेखे यस्तो स्टाटस !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

डा बाबुराम भट्टराईले मागे न्याय, फेसबुकमा लेखे यस्तो स्टाटस !

काठमाडौँ – नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले धादिङपछि गृहजिल्ला गोरखालाई बैधानिक र अन्धाधुन्ध वालुवा र ढुंगा दोहन केन्द्र बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै  सम्बन्धित निकाय र पदाधिकारीहरूको समेत ध्यानाकर्षण गराएका छन् ।
‘धादिंग पछि अब गोरखा अबैधानिक र अन्धाधुन्ध नदीबाट वालुवा र ढुंगा दोहनको केन्द्र बन्दै गएको घटनाप्रति सम्बन्धित निकाय र पदाधिकारीहरूको ध्यानाकर्षण होस्! दरौंदीमा केही पहिल्यै देखि यो वेथिति देखिंदै आएको थियो भने अहिले केही दिन यता त्रिशुली र बुढीगण्डकी ( हेर्नोस् फोटो ) मा यो दोहन भयावह रूपमा देखिंदैछ! राजनीतिक दलका नेताकार्यकर्ता र प्रशासनको मिलीमतोमा यो भैरहेको स्थानीयवासीको आरोप छ! यसको निष्पक्ष छानवीन होस् र गलत कार्य रोकेर अपराधीलाई कडा कार्वाही होस्!’ उनले भनेका छन् ।
डा भट्टराईले दरौंदी नदीमा यो वेथिति केही पहिल्यै देखिए पनि अहिले भने त्रिशुली र बुढीगण्डकीमा समेत देखा परेका बताएका छन् । उनले तस्वीरसहित उक्त स्टाटस पोस्ट गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: