×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वर्षमान पुनलाई उपप्रधानसहित गृहमन्त्री !

काठमाडौँ – माओबादीको प्रभावशाली नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारमा नेतृत्व गर्ने करिब निश्चितजस्तै भएको छ ।
माओवादीको शीर्ष तहमा वर्षमानले पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा जानेबारे अनौपचारिक सहमति भइसकेको छ । ०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा मोरङ–६ बाट पराजित भएपछि पुन सत्ताबाहिरै रहे । यसपटक रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरमा विजयी भए ।
प्राप्त जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पुनलाई गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारीका लागि तयार हुन भनिसकेका छन् । ‘अबको सरकारमा पार्टीका तर्फबाट वर्षमानजीले नेतृत्व गरेर जाने करिब निश्चित भएको छ’, माओवादी केन्द्रका एक वरिष्ठ कार्यालय सदस्यले जानकारी दिए ।
पुनसँग बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएको अनुभव छ । पुनलाई नेपालका सफल अर्थमन्त्रीमध्ये गनिन्छ । बाम गठबन्धनले विकास, समृद्धि र स्थायित्वको नारामा भोट मागेको र जनताले त्यसैका लागि मत दिएकाले जनताले महसुस गर्ने गरी काम गर्न नेताहरुको सशक्त टिम सरकारमा पठाउने ती नेताले बताए ।
पुनसँगै टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल लगायतका नेताले सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने आकांक्षा देखाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: