×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी, अव के हुन्छ ?

काठमाडौँ – सरकारले गत कात्तिकको पहिलो सातामा पेश गरिएको अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।
राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको प्रमुख स्वकीय सचिव अधिकारीको भनाइ छ ।
यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गर्नुभएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: