×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वडाध्यक्ष खत्रीमाथि विप्लवका कार्यकर्ताले गरे निर्घात कुटपिट, यस्ता छन् भित्रि कारण

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसको तर्फबाट भोजपुरको पूर्वी अरुण गाउँपालिका– १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि जनकारवाही सुरु गरेको छ ।
स्थानीय तहमा गएका विकास निर्माणका योजनालाई मनपरी रुपमा र राजनीतिक अास्थाका कारण पूर्वाग्रह राखेको र नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र फाइदा पुग्ने गरी बजेट बाँडेकोले नेकपाका कार्यकर्ताहरुले कुटपिट गरेका छन् । नेकपा भोजपुरका इन्चार्ज ग्यानुले विज्ञप्ति निकालेर खत्रीलाई चेतावनी स्वरुप कारवाही गरेको बताएका छन् ।
नेकपाले जारी गरेको विज्ञप्तिमा अाफ्नो पार्टीले गरेको अपीललाई बेवास्ता गर्दै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई भोट मागेको, नेपाल सरकार र दातृ निकायबाट वडामा अाएको बजेटमा भ्रष्टाचार गरेको तथा मनपरी बजेट बाँडेको उल्लेख छ ।
त्यसैगरी इन्चार्ज ग्यानुले खत्रीले निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको र चुनावको बेलमा अाफ्नो पार्टीविरुद्ध सुराकी गरेको समेत बताएका छन् ।
गम्भीर घाइते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। खत्री खतरामुक्त रहेको बताइएको छ ।
कार्यालय जाँदै गर्दा खत्रीलाई बाटोमा नेकपा कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यो जनप्रतिनिधिमाथि नेकपाको पहिलो भौतिक कारवाही हो ।
यस्ता छन् खत्रीमाथि नेकपाले लगाएका पाँच अारोप
१. हाम्रो पार्टीको अनुरोध विपरि कथित प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धको नाममा नेपाली काँग्रेसलाई भोट मागेको ।
२. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र नेपाल सरकारबाट बजेट विनियोजन गरी काम नै नगरी भ्रष्टाचार गरेको ।
३. निर्वाचित भएपछि वडामा कार्यरत कर्मचारी र शिक्षकहरुलाई राजनैतिक आस्थाका आधारमा विभेद गरेको ।
४. वडाको बजेट विनियोजनमा नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई फाइदा पुग्ने गरी बजेट बाँडेको ।
५. हाम्रो पार्टी र पार्टीका सदस्यविरुद्ध सुराकी गरेको ।
यस्ता गतिविधिमा संग्लन झण्डै दर्जनौं घुसकोर र भ्रष्टाचारीहरू नेकपाकाे टार्गेटमा परेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: