श्रीमान्-श्रीमती विवादले झगडा हुँदा आगजनी, दुई लाखभन्दा बढीको क्षति

काठमाडौँ - ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण घर जलेर पूर्णरुपमा नष्ट भएको छ । राति करिब ९ बजेको बेला  दिलबहादुर सावादेनको घरमा आगलागी भएको हो ।

घरमा आगलागी हुनाले घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको स्थानीय केशर बराइलीले जानकारी दिएका छन् । राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् ।

आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ । आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ ।
प्रकाशित : Thursday, December 28, 2017

recent

Popular Posts