समानुपातिकमा एमालेभन्दा कांग्रेस ३ हजार मतले पछाडि

काठमाडौं - प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना भई सकेको छ । समानुपातिकमा पनि नेकपा एमालेले अग्रता हासिल गरि रहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।

निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४३४ मत ल्याएको छ।

त्यस्तै १ लाख ६९ हजार २०७ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९४२, विवेकशील साझा १७१७३, राप्रपा १४ हजार २१३, फोरम नेपाल १४ हजार २१३ नयाँ शक्ति पार्टी नेपाल १२ हजार ६१९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४८० र राष्ट्रिय जनमोर्चा ५ हजार ७५८ मत ल्याएका छन्। 

मतगणना निरन्तर जारी नै रहेको  छ।
प्रकाशित : Monday, December 11, 2017
,

recent

Popular Posts