×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थर्डक्लास सिभिल बैंकलाई दुइ अवार्ड दिएपछी अवार्डदातानै विवादमा, पैसाको चलखेल भएको चौतर्फी आशंका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पछिल्लो समय नेपालमा अवार्ड किनबेच हुने गरेको तथ्य बेला-बेलामा बाहिर आउने गरेको छ । यसो त आफ्नो कार्यक्रमलाइ सहयोग गर्ने, प्रायोजन गर्ने, सहयोग भन्दै क्यास नै दिने, आफ्ना आफन्त पर्नेहरुलाई विभिन्न अवार्ड दिने गरेको भन्ने चुतर्फी आरोपहरु पनि आइरहेका छन् । यस्तैमा वित्तीय हिसावले नेपालको सबैभन्दा थर्ड-क्लास बैंक मानिएको सिभिल बैंक नेपालले “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड” तथा “एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ पाएको छ । समाचार पढेपछी पछी नहास्नुस् है, यो चुटकिला होइन, सत्य समाचार हो । सिभिलले यी दुइ अवार्ड हात पारेको छ । सोमबार सीएचआरओ एशीयाद्वारा सोल्टी क्राउनप्लाजामा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशम्शेर जबराद्वारा सिभिल बैंकलाई सो सम्मानले सम्मानित गरेको हो ।
अचम्म लाग्दो कुरा त के छ भने बैंकले ‘एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ पाएको छ । जवकी सिभिल बैंकको नेतृत्व सबैभन्दा कमजोर लिडरशिप भएको बैंक भएको सर्वविधितै छ । बैंकका सीइओ गिविन्द गुरुङ सर्वाधिक विवादमा छन् ।

ऋण नै नलिएको मान्छेलाई ऋण तिर्न तागेता गर्ने, मेगा बैंक छोड्दा गाडी छोड्न नमानेपछि पछी ठुलो काण्ड घटाउने, बैंकभित्र नक्कली लालपूर्जा बनाएर ऋणीको उठिबास गराउने र ऋणीको धीतो समय नै नपुगी लिलाम गर्नेजस्ता घोटालाहरुमा संलग्न सिभिल बैंकको नेतृत्वलाइ उत्कृष्ट भनेर अवार्ड दिनुलाई अधिकांसले पैसाको चलखेल भनेका छन् । अवार्डदाताले भित्रभित्रै पैसा उठाएको र जसले बढी सहयोग गर्छ अवार्ड त्यसैलाई दिएको चर्चा यतिबेला नेपाली बैंकिङ क्षेत्रमा चलेको छ ।

समाचार पढेपछी पछी नहास्नुस् है, यो चुटकिला होइन, सत्य समाचार हो । सिभिलले यी दुइ अवार्ड हात पारेको छ । सिभिल बैंकले ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ, जुन नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठुलो ‘जोक’ हो भन्दापनि फरक पर्दैन । सिभिल बैंकले यो अवार्ड पाएकै कारण अहिले अवार्ड पाएका अधिकांसले आफ्नो खुसी साट्न सकेका छैनन्। कतिपय बैंकहरुलाई त ..लाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको छ । 

यसो त सिभिल बैंकले पाएको अवार्डका कारण अरु बैंक तथा वीत्तीय संस्थाहरु पनि लज्जित भएका छन् । केहि बैंक तथा वित्तीय संस्थाले पाउनुपर्ने ठाउँमा अवार्ड पाएका छन् । तर सिभिलजस्तो बैंकलाइ उसले कुनै पनि हालतमा अवार्ड पाउनै नहुने बुँदामा अवार्ड दिएपछि अधिकांस अवार्ड पाउनेहरु पनि लज्जित भएका छन् । यसअघि विभिन्न फिल्मी अवार्डहरुमा यस्तो पैसाको चलखेल हुनेगरेको सुनिएको थियो । यसपाली बैंकिङ क्षेत्रमा पनि त्यस्तै भएको छ । अवार्डदाताले के का आधारमा यस्तो अवार्ड वितरण गर्यो भन्ने पनि यकिन भएको छैन ।
अर्को अचम्मको कुरा के छ भने सिभिल बैंकले ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ, जुन नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठुलो ‘जोक’ हो भन्दापनि फरक पर्दैन । नेपाली बैंकिङ क्षेत्रमा अहिले कहीं नबिकेकाहरु वा सुरुमा करियर बनाउनका लागि जाने ठाउँको रुपमा सिभिल बैंकलाइ लिने गरिएको छ । अरु बैंकबाट निकालिएकाहरु, करियर सुरु गरेकाहरु र अन्य ठाउँमा टिक्न नसक्नेहरु जाने बैंकमा कुरै नबुझी यस्तो अवार्ड दिएको चौतर्फी गुनासो छ । यसो त सिभिल बैंकले भ्याकेन्सीमा पनि ठुलै घोटाला गर्ने गरेको छ । झट्ट हेर्दा परिक्षाबाट कर्मचारी लिएजस्तो गरेपनि कसैको पावर नलगाई यो बैंकमा जागिर खान नसकिने तथ्य अधिकांस बैंकरलाई थाहा छ ।
सिभिल बैंकले यो अवार्ड पाएकै कारण अहिले अवार्ड पाएका अधिकांसले आफ्नो खुसी साट्न सकेका छैनन्। कतिपय बैंकहरुलाई त ..लाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको छ ।   हामीले यस्तो विवादित अवार्ड वितरण गर्ने कम्पनीलाइ पनि सम्पर्कको प्रयास गर्यौं तर सफल हुन सकेन । बैंकिङजस्तो गर्वीलो क्षेत्रमा यस्ता पैसे अवार्ड दिनेहरुका विरुद्ध हाम्रो खोज जारी छ ।   
यो पनि पढ्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: