×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिजे मार्समेल्लो नआए पछि क्लब डेजाभुमा तोडफोड (भिडियो सहित)

काठमाडौँ – नेपालको चर्चित क्लब डेजाभुमा गए राती अमेरिकन डिजे मार्समेल्लो नआए पछि तोडफोड भएको छ । 

क्लबमा मार्समेल्लोको कार्यक्रम तय थियो तर अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित भएनन् ।  डिजे मार्समेल्लो नआएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् ।महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको र प्रहरीले समयमानै स्थिति नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए ।
‘क्लबको क्षमताभन्दा बढी टिकट बाँडिएको रहेछ । करिब ४ हजार टिकट विक्री भएको थियो,’ डिएसपी भारतीले भने, ‘दर्शकहरुको अत्याधिक चाप त्यसमाथि पनि आउने भनिएका डिजे उपस्थित नहुँदा तोडफोड भएको हो ।’ उनका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । कार्यक्रम रद्द भएपछि अबेर राती क्लबमा उपस्थित दर्शकहरु तोडफोडमा उत्रिएका थिए र  बियरका बोतलहरु प्रहार गर्नुका साथै त्यहाँका समाग्रीहरु तोडफोड गरेका थिए ।
यता, डिजे मार्समेल्लोले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमा लेख्दै ज्वरो आएको कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । उनले नेपाल आउन नसकेकोमा माफी समेत मागेका छन् ।


भिडीयो 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: