×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डडेल्धुरामा मतमेटिका बोकेको गाडीमाथि बम प्रहार, स्थिति तनाबग्रस्त

डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर अज्ञात समुहबाट बम प्रहार भए पछि कर्मचारी र प्रहरीको भागाभाग भएको छ। 
बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा क्षति भएको र मतपेटिका भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । 
देशभर अधिकांश जिल्लामा मतगणना जारी रहेको र केही जिल्लाको पूर्ण विवरण आइसकेको अबस्थामा उता डडेल्धुरामा भने मतपेटिका सदरमुकाम ल्याइदै गरेको गाडीमा बम प्रहार भएको छ । अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: