×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दाङमा कसको मत कति ? कसले मार्ला बाजी

  • अर्थ सरोकार सम्बाददाता 
दाङ – दाङको निर्वाचन क्षेत्र नं. २ मा ३ हजार मत गणना हुँदा माओवादीका नेता कृष्णबहादुर महरालाई १ हजार ६ सय मत प्राप्त भएको छ । प्रारम्भिक परिणाम अनुसार महराका प्रतिपर्धी नेपाली कांग्रेस नेता उम्मेदवार राजु खनाललाई १ हजार ६३ मत प्राप्त भएको छ।
त्यसैगरी प्रारम्भिक मत परिणाम अनुसार ३ हजार मत गन्दा निर्वाचन क्षेत्र नं. २ मा नेकपा मालेलाई हालसम्म ९१ मत, नयाँ शक्तिलाई २० मत, जनमोर्चालाई १२ मत र राष्ट्रिय जनमुक्ति पार्टीलाई ६ मत मात्रै प्राप्त भएको छ।
निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक परिणाम भने अझैं आएको छैन।
निर्वाचन क्षेत्र नं. ३ को मतगणना सवा ११ बजेपछि सुरु भएको छ । साना दलका एजेण्टहरु समयमा नआउँदा ३ को मतगणना ढिलाई भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: