काठमाडौंको चपलीमा बम विस्फोट हुँदा गगन थापा घाइते

काठमाडौं - काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । बम विस्फोटको क्रममा अन्य केही पनि घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । जसले गर्दा थापाको कान र ढाडमा चोट लागेको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीले भने ४/५ जना घाइते भएको प्रारम्भिक जानकारी आएको बताएको छ ।विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।
प्रकाशित : Monday, December 04, 2017
,

recent

Popular Posts