×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बम मलाई नै हानिएको हो, पाइला छिटो चालेकाले बाचेँः गगन थापा

काठमाडौं – नेपाली काँग्रेस युवा नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधि उम्मेदवार गगनकुमार थापाले आफू एक पाइला छिटो चालेकाले बाचेँको बताएका छन् ।
बम विस्फोटपछि शिक्षण अस्पतालमा भर्ना भएका थापाले संचारकर्मीहरुसँग छोटो कुराकानीमा बम आफूलाई लक्षित गरेर प्रहार भएको तर संयोगले बाचेको सुनाए । उनले आजको घरदैलो अभियान निर्धारित समयभन्दा ढिलो सुरु भएको बताउँदै जुलुसलाई अगाडि बढाउनु पर्यो भनेर आफूले पाइला छिटो चलाएरकाले बम विस्फोटमा नपरेको बताए ।
‘ढिलो सुरु भएको जुलुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पक्ति पर्यो’ थापाले भने । अज्ञात समूहले प्रहार गरेको बम विस्फोटमा परी अन्य १० जना घाइते भएका छन् । जसमध्ये चार जना गम्भीर घाइते भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: