घुस लिंदै गर्दा यातायात व्यवस्था कार्यालयका २ कर्मचारी पक्राउ

काठमाडौँ - यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचार पक्राउ परेका छन् । घुस लिने क्रममा  नासु यादव पौडेल र खरिदार सुमन पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजाले जानकारी दिएका छन् ।

उनीहरुले सेवाग्राहिबाट सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ सम्बन्धी काम गरिदिने भन्दै २५ हजार घुस लिएको सहायक प्रवक्ता रिजाले बताए ।
प्रकाशित : Monday, December 25, 2017

recent

Popular Posts