ग्लोबल आइएमई बैंकको ५४ औँ शाखासहित बैकिङ्ग सेवा

काठमाडौँ - ग्लोबल आइएमई बैंकले मिति २०७४ पुस ०४ गते मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा आफ्नो ५४ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा सुरु गरिएको सेवाको लागि स्थानिय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानिय स्तरका समाजसेवि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
प्रकाशित : Tuesday, December 19, 2017

recent

Popular Posts