घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५५ हजार ३ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Monday, December 04, 2017
,

recent

Popular Posts