×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचनको दिनमा गाडी नचल्ने, गृह मन्त्रालयले दियो यस्तो उर्दी

काठमाडौँ – गृह मन्त्रालयले भोलि हुने दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको छ । मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्यराति १२ बजेसम्म गन्तव्यमा पुग्न भनेको छ ।
मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ ।
यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन् । साँझ ७ बजेबाट भने अन्य सवारीसाधन चल्ने गृहले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: