×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीको गर्जन, ‘बाम सरकार आएपछि सेयर बजारको आंतक सकिन्छ, भ्रम फैलाउनेहरुलाई तह लगाइन्छ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार आएपछि सेयर बजारको आंतक समाप्त हुने बताएका छन् । उनले बामपन्थी सरकार आएपछि सेयर बजार डुब्छ भन्ने भ्रम फैलाउएर सेयर बजार घटाउनेहरुलाई खोजी खोजी तह लगाइने समेत बताएका छन् । 
‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजिएको छ । तर हाम्रो सरकार बनेपछि बजारमा देखिएको अहिलेसम्मको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’ ओलीले भने । आफुलाई भेट्न आएका सेयर ब्रोकरहरुलाई सम्बोधन गर्दै उनले भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धूमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ । त्यसपछि के के गर्नुपर्ने हो सरकारले गर्छ ’
सेयर कारोबारको कमिसनमा भ्याट लगाउने विषय पनि राख्ने र ओलीलाई बधाई पनि दिने भन्दै सेयर ब्रोकरहरु केपी ओलीकहाँ पुगेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: