×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले-माओवादीको संयुक्त बैठक स्थगित हुनुमा यस्ता छन् कारण

काठमाडौं – पार्टी एकता गर्ने सहमतिसहित चुनवामा बाम तालमेल बनाएका दुई संसदीय कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको बिषयलाई तत्काल टुंग्याउनुपर्ने भन्दै संयुक्त बैठक राखेका थिए । तर शुक्रबारका निम्ति बोलाइएको उक्त बैठक एकाएक स्थगित भएकोछ ।
पार्टी एकताको बिषयबारे टुंगोमा पुग्न र नमिलेका बिषयलाई तत्काल कसरी हल गर्ने भनि छलफल गर्न शुक्रबार तय गरेको संयुक्त बैठक एकाएक स्थगित भएपछि एकताको बिषय फेरी अन्यौलमा परेको छ ।
शुक्रबार काठमाडौँमा बैठकको तयारी भइरहेका बेला रुपन्देहीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड मौसम खराब भएको र गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेको भन्दै भैरहवाबाट काठमाडौँ फर्केनन् । प्रचण्ड आउँन नसकेपछि संयुक्त बैठक स्थगित गरेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरी तिमिल्सिनाले विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थगित भएको र पार्टी एकता संयोजन समितिको बैठक पनि स्थगित भएको बताएका छन् । तर शुक्रबार स्थगित भएको बैठक आइतबारसम्म बस्न नसक्नुले भने केही संका उब्जिएको छ ।
यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेको दुवै पार्टी स्रोतले बताएको छ । दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।
पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । त्यस्तै सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।
चुनाव लगत्तै बस्ने भनिएको दुई पार्टी बिचको संयुक्त बैठक चुनाव सकिएको तीन सातासम्म पनि बस्न नसकेपछि यसको ढिलाईवारे सर्बत्र चासो व्यक्त भएको छ । एमाले र माओवादी केन्द्रका तल्लो तहका नेता कार्यकर्ताले पनि संयुक्त बैठक ढिलाईबारे सामाजिक सञ्जालमा ब्यापक टिका टिप्पणी गरिरहेका छन् ।
माओवादी भित्र पार्टी एकताको बिषयलाई लिएर ब्यापक विवाद उत्पन्न भइरहेको बेला प्रचण्डले विभिन्न बहाना बनाएर संयुक्त बैठकको मिती पर-पर सार्नुले कतै माओवादी भित्रको विवाद मिल्न नसकेको कारणले ढिलाई भइरहेको हो कि भन्ने आशंका एमाले नेताहरुले गर्न थालेका छन्।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: