यी कारणले गर्दा एमाले अध्यक्ष ओली र साथमा चार रणनीतिकार लिएर पुगे लाङटाङतिर

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफु निकट र योजनाकार मानिने चार प्रभावशाली नेताहरु लिएर सुरुवाको लाङटाङ पुगेका छन् । मंगलबार विहान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ तर्फ लागेका हुन् ।

प्राप्त जानकारी अनुसार भावी प्रधानमन्त्री ओलीले सरकार निर्माण र माओवादी केन्द्रसँगको पार्टी एकताका बिषयमा आफु निकट नेताहरुसँग गहिरो छलफल गर्न लाङटाङतिर लागेको बताएका छन् । एमाले महाधिबेशनयता ओलीका मुख्य राजनीतिक योजनाकार महासचिव पोखरेल, उपमहासचिव पौडेल, स्थायी कमिटी सदस्य नेम्वाङ र पोखरेल रहदै आएका छन् ।

मनाङ एयरको हेलिकोप्टरबाट हिमाली क्षेत्र लाङटाङ भ्याली पुगेको ओलीको रणनीतिकार टोलीले दिनभर छलफल गर्ने भएको छ । लाङटाङमा कुनैपनि राजनीतिक कार्यक्रम छैन, तर ओली महत्वपूर्ण राजनीतिक निर्णय लिँदा बाहिर निस्किने गरेका छन् । ओलीको रणनीतिकारसहितको टोलीले सरकार गठन र पार्टी एकताका बिषयमा ठोस निर्णय लिने अनुमान गरिएको छ ।
प्रकाशित : Tuesday, December 19, 2017
,

recent

Popular Posts