×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुर्खेतको तरङ्गा मतदान केन्द्रका प्रमुखसहित २१ टोली स्थानीयको कब्जामा

सुर्खेत – सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रका प्रमुख, ५ जनाको टोली र १६ प्रहरी स्थानीयवासीले आफ्नो कब्जामा लिएका छन् ।
गए राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगाएतको टोलीलाई पनि कब्जामा लिएका हुन् ।
मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएका त्यहाँबाट इमान्दार मिडिया सहकर्मी स्थानीय बिकास बिकले बताएका छन् ।
मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई स्थानीयवासीले छोडिदिएका बीकले इमान्दार मिडियालार्इ जानकारी दिएका छन् ।
त्यसपछि अधिकृतसहितको टोली राति नै भेरी मावि तरङ्गा मतदान केन्द्र छोडेर भागेको बताईएको छ । ३ मतपेटिका जलेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरीको टोली थपेको छ । घटना बारे बिस्तृत विवरण आउँन अझै बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: