×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले उपाध्यक्ष रावल पनि एकताको विपक्षमा, ओलीलाई यस्तो दवाव

काठमाडौं – गत मंसिरमा भएको निर्वाचन सकिएसँगै नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास भएपनि आजका दिनसम्म कुनै प्रगति भएको छैन । बरु उल्टै दुबै पार्टीका नेताहरुका बाझिदै गएका छन् । एमाले पहिला सरकार निर्माण त्यसपछि पार्टी एकताको पक्षमा छ भने माके पार्टी एकता र सरकार सँगसँगै अगाडि बढाउनु पर्ने बताइरहेको छ । 
तर एक अर्कासँग विश्वास नभएकोले गर्दा दुवै पार्टीको एकता हुन सकिरहेको छैन । माओवादी केन्द्रका अध्यक्षसहित नेताहरुले सरकारको नेतृत्व नै आलोपालो गर्ने सहमति भएको बताउँदै आएका छन् तर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले प्रतिवाद गर्दै आइरहेका छन् । दुबै पार्टीका नेताहरुसहितका एकता संयोजन समितिको बैठक आइतबार बस्ने भनिएपनि बस्न सकेन ।
प्रचण्डले नवलपरासी पुगेर एमालेले आफूहरुलाई बाहिर राखेर उपेन्द्र यादवसँग मिलेर सरकार बनाउने प्रयास गरेको बताउँदै गर्दा एमाले अध्यक्ष ओलीले दोस्रो भेटको लागि यादवलाई काठमाडौँ बोलाइरहेका थिए ।
एमालेभित्र अध्यक्षको लाइनमा भएका महासचिव इश्वर पोखरले र उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष प्रचण्डलाई दिनु नहुने बताउँदै आएका छन् । चुनाव सकिएलगत्तै पोखरेलले बहुकेन्द्र नहुने गरी एकता गर्ने बताएका थिए । त्यो बेलासम्म रावल चुनावको जितकै रमझमा थिए । काठमाडौँ फर्केपछि महासचिवलगायतका नेताहरुसँगको छलफलपछि रावल पनि प्रचण्डलाई अध्यक्ष दिनु नहुने निष्कर्षमा पुगेको बताइन्छ ।
एमालेमा पोखरेल र रावलले आफूलाई अध्यक्षको लाइनमा उभ्याइरहेका छन् । अहिले प्रचण्डलाई अध्यक्ष बनाएर आफ्नो पालो नआउने पोखरेल र रावललाई चिन्ता लागेकै कारण एकताको विपक्षमा लागेको आरोप माओवादी केन्द्रका नेताहरुले लगाउन थालेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, विष्णु पौडेल, योगेश भटराई, प्रदिप ज्ञवाली भिम आचार्य लगायतका नेताहरु एकताको पक्षमा छन् ।
स्रोतका अनुसार पोखरेल र रावलले उपेन्द्र यादवसँग सहकार्य गरेर सरकार निर्माण गर्नुपर्ने अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । यादवलाई ओलीले बालकोटमै बोलाएर भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा ओलीले यादवलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा फोरमलाई सहयोग गर्ने वचन दिएका छन् । त्यसैगरी नम्वर १ र ५ को प्रदेश सरकारमा समेत यादवलाई सहभागि गराउने आश्वासन दिएको भेटमा सहभागि नेताले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: