×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् विवेकलाई गोली हान्‍ने प्रहरी !

काठमाडौं – प्रहरीले गोली हानी म्यादी प्रहरी विवेक एेडीको मृत्युसँगै कालिकोटमा जारी तनाव झन् चर्किदै गैरहेको छ । शनिबारदेखि जारी अाइतबार विहान दुई घण्टाको लागि खुलाएको कर्फ्यु पूर्ण  लागु भएको छ । कर्फ्युका कारणले गर्दा सदरमुकाम अस्तव्यस्त भएको छ । 
मृतक एेडीलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर धर्नामा बसेका पीडित र नागरिक अगुवामाथि पनि प्रहरी दमन गरेपछि स्थिति झन् तनावपूर्ण बनेको छ । पीडितहरुले प्रदर्शन जारी राखेका छन् ।
सरकारले शनिबार एेडीका परिवारलाई राहतस्वरुप १० लाख दिने घोषणा गर्दै छानविन समिति गठन गरेको थियो । तर, प्रदर्शनकारीको पहिलो र दोस्रो माग सरकारले सम्बोधन नगरेका कारण प्रदर्शन जारी छ । एेडीलाई सहिद घोषणा र दोषीलाई कारवाहीको मागप्रति सरकारले ठोस निर्णय गरेको छैन ।
प्रहरी प्रबक्ताले समेत हवाइ फायर गरेको अाफूहरुले गोली नचलाएको बताइरहेका छन् । गल्ती स्वीकार गरेर दोषीलाई कारवाही गर्न भन्दापनि प्रहरीले नै वातावरणलाई थप उत्तेजित बनाइरहेको पीडितहरुले बताएका छन् ।
एेडीलाई जुम्ला घर भएका प्रहरी जवान चेतन सुनारले गोली हानेको पीडितले बताएका छन् । म्यादी प्रहरीले पाउने तलब र सुविधामा कमिसन खान खोजेको भन्दै म्यादी प्रहरी विरोधमा उत्रेका थिए । यसैबीच कालिकोट सदरमुकाम मान्‍मबाट संचालन भइरहेका पत्रपत्रिका र रेडियो समेत बन्द भएका छन् ।
अाफ्नो तलब काटेपछि म्यादी प्रहरी शुक्रवार प्रदर्शनमा उत्रेका थिए । विहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टा कर्फ्यु स्थगित गरिएपछि स्थानीयबासी हतार हतार अा-अाफ्नो गन्तव्य गएका छन् ।
कर्फ्यु २ घन्टाका लागी खुला गरिदा आफुहरुलाई किनमेल गर्न आफ्ना अवरुद्ध कामहरु सुचारु गर्न केही सजिलो भएको स्थानीयवासी भरत वोगटीले वताएका छन् । कर्फ्युका कारण सदरमुकामस्थित एफएम रेडियोहरु शनिबार राती ७ बजे नै बन्द भएका थिए । पत्रपत्रिका पनि निकस्न सकेको छैनन् । कर्फ्यु लगाएर प्रशासनले ज्यादती गरेको स्थानीयवासीको आरोप छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: