माओवादी केन्द्रका दुई नेतालाई कारबाही गरियो, गम्भिर अन्तर्घात गरेको आरोप

काठमाडौं - गत मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा माओवादीका दुई नेताले पार्टीको हित विपरित काम गरेको भन्दै नेकपा माओवादी केन्द्रले  ति नेताहरुमाथि कारबाही गरेका छन् ।

माओवादी केन्द्रले विरगज क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असहयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

निर्वाचनमा आफ्नै पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै माओवादी पर्साले उनीहरुलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा पर्ने मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।
प्रकाशित : Sunday, December 24, 2017
,

recent

Popular Posts