कांग्रेस चुमनारायणबाट २ हजार ४३ मतको अन्तरले हारे प्रचण्डको ज्वाइँ

मोरङ - मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । भने कांग्रेस उम्मेदवार चुमनारायण तबदारले बिजय हासिल गरेका छन् । 

प्रचण्ड ज्वाइँले कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए भने आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।

मोरङमा प्रचण्डका ज्वाइँलाई पराजित गरेपछि कांग्रेस कार्यकर्ताहरुले बिजयी जुलुस निकालेका छन् । उनीहरुले ‘नेपाली कांग्रेस हाईहाई, चुमनारायण हाईहाई, प्रचण्डका ज्वाइँ बाईबाई’ बन्दै नारा लगाएका छन् ।
प्रकाशित : Sunday, December 10, 2017
,

recent

Popular Posts