×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको गोलि खानुअघि विवेकको अन्तिम स्टाटस ‘म मर्दा दुनियाँले हाई हाई गरुन्’

कालिकोट – प्रहरीको गोली लाग्नुअघि विवेकले सामाजिक संजाल फेसबुकमा एउटा गम्भीर र उनका अन्तिम रहेको स्टाटस लेख्दै भनेका थिए । “दुनियाँले थुक्क थुक्क भनेर घृणा गर्नुभन्दा सबैले हाईहाई भनोस् र मर्दा कठैबरी भनाउँदै मर्ने ठूलो रहर छ।”
विवेकले जे लेखे त्यही भयो । अहिले उनले भनेजस्तै सबैलाई अन्यायको विरोध गरेको भन्दै हाईहाई गरिएको छ भने सबैले कठैबरी भनिरहेका छन् । कालिकोट रास्कोट नगरपालिका-२ साविकको सिपखानाका विवेककुमार ऐडी घरको आर्थिक अभावलाई थोरै भएपनि परिपूर्ति गर्ने उद्देश्यले म्यादी प्रहरीमा भर्ना भएका थिए ।
चुनावको सुरक्षा सकेर घर फर्किने क्रममा विवेकलाई प्रहरीले ताकेर हानेको गोलीले मृत्युको शिकार बनायो । म्यादी प्रहरीको तलवमा प्रहरी अधिकारीहरुले आँखा गाडेपछि त्यसको विरोधमा उत्रेका ऐडीको टाउकोमा ताकेर प्रहरीले गोली चलाएको थियो ।
अन्य जिल्लाहरुमा चुनावको सुरक्षाको जिम्मेवारी पूरा गरेको भन्दै म्यादी प्रहरीलाई सम्मानपत्रसहित विदाई गरिएपनि कालिकोटका म्यादीलाई भने गोलीको शिकार बनाइयो । म्यादी प्रहरीले ‘सरकार हाम्रो तलव नकाट, हामीलाई रोटी र भोटी चाहिन्छ’ भनेकै आधारमा प्रहरीले गोली हान्यो ।
यो सामान्य कुरा होइन । तर, प्रहरीले हवाई फायर गरेको बताउँदै आएको छ । तलवबाट प्रतिव्यक्ति तीन हजार कमिसन खान खोजेको भन्दै शुक्रबार म्यादी प्रहरीले कालीकोटको जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।
त्यस बखत प्रहरीले गोली हानेर एक जनाको हत्या गर्नुको साथै आधा दर्जन घाइते बनायो । गल्ती स्वीकार गरी दोषिलाई कारवाही नगर्दा कालिकोटमा तनाव जारी छ । विवेकलाई सहिद घोषणा, दोषीलाई कारवाही र पीडित परिवारलाई राहतको माग गर्दै गरिएको प्रदर्शनमाथि पनि प्रहरीले दमन गरेपछि प्रदर्शनकारी आक्रोसित बनेका छन् ।
गल्तीलाई स्वीकार गरी समस्याको समाधान गर्नुको साटो जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गर्यो । यता सरकारले पनि दोषीलाई कारवाही गर्छु भन्ने हिम्मत गर्न सकेन । छानविन समिति गठन गर्दै पीडित परिवारलाई १० लाख दिने निर्णय गर्यो ।
विना कारण निर्दोषलाई गोली हानेर मार्दै १० लाख दिने भन्दापनि दोषीलाई कारवाही गर्नुपर्ने मुख्य माग सरकारले पूरा नगर्दा तनाव जारी छ । 

यस्तो थियो, विवेकको स्टाटस हेर्नुहोस् जस्ताको त्यस्तै ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: